विपतमा हामी अभियानद्धारा गैडाकोट १ र ४ मा राहत वितरण

0

२६ बैशाख । विपतमा हामी अभियानले गैडाकोट १ र ४ वडाका विपन्न परिवारहरुलाई राहत विरतण गरेको सयोजक गकुल सापकोटाले जानकारी दिनुभयो ।

राज्यको एकद्धारा प्रणालीलाई पालना गरेर वडाअध्यक्ष लगायतका जनप्रतिनिधिहरुसँगको सहकार्य र सल्लाहमा विपन्न परिवारलाई राहत वितरण गरेको संयाजक सापकोटालेब ताउनुभयो । वार्ड नम्वर १ र ४ मा गरी ३४५ किलो चामल ,३४ किलो दाल ,११५ पोका सोयाबिन(मसौरा) र १०० थान मास्क बितरण गरिएको हो ।

लकडाउनका कारण जीविको पार्जन गर्न सम्भव नभएका परिवारको पीडालाई ध्यानमा राखेर मानवताको सेवा नै जीवनको सर्वोत्तम कार्य मानेर राहत वितरण गर्न आएको संयोजक सापकोटाले बताउनुभयो । ६४ घर परिवारलाई राहत प्याकेज वितरण पश्चात उहाँले यसले अहिलेको अवस्थामा ठूलो सहयोग मिल्ने बताउँदै आफूहरुले विशुद्ध सामाजिक सेवाको लागि आफ्नै खल्तीबाट रकम हाली सुरु गरिएको विपतमा हामी अभियालाई आगामी दिनमा पुन समस्या परे सम्झन पनि आग्रह गर्नुभयो ।

आर्थिक संयोजक राम तिवारी, उप संयोजक गोपाल सापकोटा, वडानम्वर ४ का अध्यक्ष कृष्ण न्यौपाने, वडा सदस्य तेजु घिमिरे, वडानम्वर १ का अध्यक्ष हरिप्रसाद सापकोटा,किसान गुरुङ आदिको छलफल पछि राहत वितरण गर्न आएको उहाँको भनाई थियो ।

अभियानमा जोडिएका सवैले दील देखि सहयोग गरेको भन्दै विपतमा हामी निरन्तर जारी रहने उहाँले बताउनुभयो । साथै सामुदायिक रेडियो विजय एफएममा हरेक दिन विहान ९ बजेदेखि १० बजेसम्म कार्यक्रम संचालन हुने र उक्त कार्यक्रममा पनि चुलो बल्नै नसकेको परिवारले फोन गरेर आफ्नो नाम टिपाउन सक्ने उहाँले बताउनुभयो ।

Share.

Leave A Reply