वडाअध्यक्षलाई विद्यालय व्यवस्थापनको जिम्मा दिने निर्णयको विरोध

0

२६ बैशाख, गैडाकोट । नेपाल शिक्षक संघ नवलपुरले गैडाकोट नगरपालिकाको शिक्षा समितिले गरेको निर्णयको विरोध गरेको छ । नगरपालिकाको शिक्षा शाखाले वडाअध्यक्ष नै विद्यालय व्यवस्थापन समितिको अध्यक्ष रहने गरी समिति गठन गर्न सूचना जारी गरेको थियो । शिक्षक संघले उक्त निर्णयको विरोध गर्दै नगरकार्यपालिकाले स्वीकृत गरेको आफ्नै कार्यविधिको दफा ५७ को (ङ) नै उल्लघंन गरेको दावी गरिएको छ ।

नगरसभा सदस्यहरु विद्यालय व्यवस्थापन समितिको अध्यक्ष र सदस्य पदमा वस्न नमिल्ने स्पष्ट व्यवस्था हुँदा हुँदै सोही कार्यविधि विपरितको निर्णयले लज्जावोध बनाएको भन्दै सम्वन्धीत निकायलाई उक्त निर्णय नगर्न र नगराउन माग गरिएको छ ।

संघका जिल्ला अध्यक्ष चुडामणी शर्मा र संघका गैंडाकोट नगर अध्यक्ष काशिनाथ पोख्रेल सहित अन्य ६ जनाले शुक्रबार एक प्रेस बिज्ञप्ति प्रकाशित गर्दे नगरपालिकाको उक्त निर्णय संघिय शिक्षा ऐन र नियम विपरित भएको जिकिर गरिएको हो ।

बिज्ञप्तिमा यस्तो स्वेच्छाचारी निर्णय तत्काल फिर्ता लिन माग गर्दे उक्त निर्णय फिर्ता नलिए उत्पन्न हुने गम्भिर परिणामको जिम्मेवारी नगर शिक्षा समितिले लिनुपर्ने उल्लेख गरिएको छ । नगरको शिक्षा समितिले गरेको यो निर्णयले शिक्षा क्षेत्रमा ठाडो हस्तक्षेप र राजनैतिक दुराग्रहबाट प्रेरित हर्कत भएको भनिएको छ ।

Share.

Leave A Reply