गण्डकी प्रदेशलाई कोरोनाको ग्रीन जोन बनाउने प्रयत्न जारीः मुख्यमन्त्री गुरुङ

0

डोलराज रानाभाट, २५ बैशाख । गण्डकी प्रदेशका मुख्य मन्त्री पृथ्वीसुब्बा गुरुङले गण्डकी प्रदेशलाई कोरोनाको ग्रिन जोनमा राख्नलाई प्रयत्न भइरहेको बताउनु भएको छ ।

पछिल्ला नयाँ परीक्षणमा पोजेटिभ नदेखिएको भन्दै ग्रीन जोनमा राख्न प्रयास भइरहेको उहाँले बताउनुभयो । अव प्रदेशभित्र विकास निर्माणका कार्य थाल्न पनि उहाँले निर्देशन दिनुभएको छ ।

सामाजिक दुरी कायम गरेर विकास निर्माणका काम गर्न आग्रह गर्दै उहाँले ९५ प्रतिशत वढि विकास बजेट सक्ने लक्ष्य रहेपनि त्यो अपुरै हुने बताउनुभयो ।

प्रदेश सरकारको ३ करोड ९८ लाखको लगानीमा २०७५ साल फागुनमा सुरु भइ २०७७ असार मसान्तमा सम्पन्न हुने कास्की जिल्लाको फुस्रेखोला चिसापानी पुलको निरीक्षणको क्रममा उहाँले सो कुरा बताउनुभएको हो ।

Share.

Leave A Reply