‘विपतमा हामी’ ले दियो रेडक्रस नवलपुरलाई पिपिई

0

२४ बैशाख । बिपतमा हामी ले नेपाल रेडक्रस सोसाइटी नवलपुरलाई ३ थान पिपिइ हस्तान्तरण गरेको छ ।

सोसाइटीका नवलपुर सभापति मदनभक्त अधिकारीलाई सो पिपिइ हस्तान्तरण गरिएको अभियानका संयोजक गोकुल सापकोटाले जानकारी दिनुभयो । पीपीई ले लकडाउनको समयमा पनि रक्तदानका कार्यक्रम सुरक्षित तरिकाले गर्न सकिने विश्वास लिइएको छ ।

स्वास्थ्य संकट देखापरेपछि गरिब, विपन्न र पीडामा परेका जनतालाई मलम लगाउन सक्रिय भई गठन भएको विपतमा हामी अभियानमा सक्रिय युवाहरुले भरिएको र निरन्तर सामाजिक कार्यमा समर्पण गरिरहेको छ ।

कहिले नगरपालिकाको विकटमा त कहिले सकडमा निरन्तर विभिन्न सेवा दिँदै दुख र समस्यमा परेका जनताको उद्धार गरिरहेको छ । साथै सवै ठाउँमा पुग्न नसकिने सम्भावनालाई ध्यानमा दिएर सामुदायिक रेडियो विजय एफएममा हरेक दिन विहान ९ बजेदेखि रेडियो कार्यक्रम पनि संचालन गर्दै आइरहेको छ ।

जहाँ लकडाउन र कोरोनाले स्थानीय तहमा पारेको अर्थ लगायतका विषयमा वहस गर्दै विज्ञ र स्थानीय सरकार प्रमुखहरुलाई राखेर छलफल र वहस संचालन गर्दै आइरहेको छ भने पीडामा परेका स्थानीयको गुनासो सुन्ने र सम्वोधन गर्ने कार्य गर्दै आइरहेको छ ।

Share.

Leave A Reply