नवलपुरबाट हिजो पठाइएको ११ स्वावको नतिजा अझै आएन

0

तस्बिर ः पत्रकार दिपक भट्टराईको फेसबुकबाट

२४ बैशाख । कोरानो भाइरसको आशंकामा हिजो नवलपुरबाट पठाइएको ११ वटा स्वावको नतिजा अझै आएको छैन ।

हिजो मध्यबिन्दु जिल्ला अस्पतालमा ११ वटा स्वाव संकलन गरि परिक्षणका लागी पोखरा पठाईएको र अझै रिपोर्ट नआएको जिल्ला स्वास्थ्य कार्यालय नवलपुरका प्रमुख केशव प्रसाद चापागाईले बताउनुभयो ।

उहाँका अनुसार ११ वटा स्वावमा गैंडाकोटका ३ जना, देवचुलीका १ जना, कावासोतीका २ जना , बिनयी त्रिबेणीका २ जना, बौदीकालीका २ जना र मध्यबिन्दुका १ जनाको हो ।

जिल्लामा हालसम्म ६० जनाको स्वाव संकलन गरी पीसीआरबाट परीक्षण सम्पन्न भइसकेको र सवैको नतिजा नेगेटिभ छ । उहाँका अनुसार सबै भन्दा बढी स्वाव परिक्षण गैंडाकोट नगरपालिकाको २१ ज्नाको गरिएको छ ।

त्यस्तै देबचुलीमा ७ जनाको, कावासोतीमा १२ , मध्यविन्दुमा १४ , हुप्सेकोटमा ६ जनाको स्वाव परिक्षण गरिएको छ ।

बुलिङ्गटार , विनयी त्रिवेणी र बौंदीकालीमा भने स्वाव परिक्षण गर्न आवश्यक नदेखिएको चापागाईले जानकारी दिनुभयो । त्यस्तै जिल्लामा आज १४ जनाको आरडिटी बाट परीक्षण गरिएको र सवैको नतिजा नेगेटिभ आएको उहाँले जानकारी दिनुभयो ।

Share.

Leave A Reply