विकू सहकारी अन्तर्राष्ट्रिय जर्नलमा, नेपालभरबाट विकू सहित जम्मा २ सहकारी समावेश

0

माया कंडेल, २४ बैशाख । विकू बचत तथा ऋण सहकारी संस्था लिमिटेडको बारेमा अन्तराष्ट्रिय जर्नल ‘ WAKING THE ASIAN PACIFIC CO-OPERATIVE POTENTIAL’ मा प्रकाशित भएको छ । अष्टे«लियाबाट प्रकाशित हुने उक्त जर्नलमा नेपालबाट २ वटा मात्र सहकारी संस्थाको बारे अध्ययन समावेश भएका हुन त्यस मध्येमा विकू सहकारी पनि परेको हो भने अर्को नेपाल बहुउद्देश्यीय सहकारी संस्था रहेको विकू बचत तथा सहकारी संस्थाका प्रमुख अधिकृत माधवप्रसाद पौडेलले जानकारी दिनुभयो । यो जर्नल संसार भरिका लागि महत्वपुर्ण मानिन्छ र रुचिपुर्वक अध्यन पनि गर्ने गरिन्छ ।

जर्नलमा प्रकाशित आर्टिकल बिभिन्न कलेज र युनिभर्सीटीमा पनि पढाई हुने भएकाले यसको महत्व अझ वढि रहेको पाईन्छ । जर्नलमा विकुका बारेमा प्रकाशित भएपछि यसले अन्र्तराष्ट्रिय जगतमा नेपालबाट सहकारीको पहिचान दिलाउन मद्दत पुग्ने विकूको विश्वास छ । आफ्नो दायरालाई फराकीलो बनाएको विकू बचत तथा ऋण सहकारी संस्थाका प्रमुख अधिकृत माधवप्रसाद पौडेलले बताउनुभयो । उहाँले संस्थाको पहिचान संसारभर औपचारीकरुपमा पुग्न सफल भएको भन्दै खुशी व्यक्त गर्नुभयो ।

यसले विकू परिवार र देशलाई नै खुशी तुल्याएको भन्दै सवै सेवाग्राही र शेयर सदस्यलाई आभार पनि व्यक्त गर्नुभयो । स्मरण रहोस् विकू सहकारी जम्मा ५० पैसाबाट सुरु भएको थियो । तत्कालिन गाविस रहेको गैडाकोट ८ मा स्थापना भएको सहकारीले अहिले अन्तराष्ट्रिय स्थान प्राप्त गर्न सफल भएको हो । अहिले विकूले अपनाएका विभिन्न व्यवस्थापन सम्वन्धी विधि र प्रणाली नेपालका अन्य सहकारीले पनि पछ्याउन थालेका छन् ।

दैनिक सहकारीमा आएर हेर्ने अध्ययन गर्ने र वुझ्नेहरु उत्तीकै छन् । अहिले कोरोना भाइरसको महामारी चल्दा पनि शेयरसदस्यहरुको अर्थ समस्यालाई वुझेर स्वास्थ्यसँग सम्वन्धीत सवै विधिहरु अपनाएर सेवा प्रवाह गरिरहेको छ । कर्मचारीलाई पिपिई नै उपलब्ध गराएर सेवा दिइरहेको विकू नेपालभरका सहकारीमा विरलै पाईन्छ ।

Share.

Leave A Reply