लकडाउनमा पनि गैडाकोटमा सवारी जाम !

0

२४ बैशाख । लकडाउनमा पनि पूर्व–पश्चिम राजमार्गको गैडाकोट सडकखण्डमा सवारी जाम लागेको छ । चितवन प्रहरीले पुल पारी नै सवारी चेकजाँच गरेपछि गैडाकोट तर्फ लामो सवारी जाम भएको हो । अत्यावश्यक काम वाहेक सडकमा नहिँड्न आग्रह गरेपनि मनपरी सवारी गुडाउँदा जाम भएको हो ।

पुल्चोकदेखि पश्चिम गैंडाकोट तर्फ डेढ किलोमिटर लामो जाम रहेको प्रहरीले जनाएको छ । त्यस खण्डमा ३ सय भन्दा बढी गाडी जाममा परेका छन् । आज दिउँसो साढे ४ बजेबाट गैंडाकोट–नारायणगढ खण्डमा जाम भएको हो । नारायणी पुलमा ६ दर्जन भन्दा बढी गाडी जाममा परेका छन् । पूर्वी नवलपरासीको पूर्व–पश्चिम राजमार्गमा कहिकतै चेकजाँच नभएका कारण राजमार्गमा दिनहुँ बाक्लै गाडी दौडिने गरेको छ ।

चितवन प्रहरीले पास नलिइकन नवलपरासीबाट चितवन भित्रिने गाडीलाई नवलपरासीमै फर्का्दिएको छ । चितवन प्रहरीले सवारी पास नभएका गाडीलाई चेकजाँचमा कडाई गरेका कारण नवलपरासीमा जाम भएको ईलाका प्रहरी कार्यालय गैंडाकोटका प्रहरी निरीक्षक चन्द्रबहादुर थापाले बताउनुभयो । इन्सपेक्टर थापाले गैडाकोट नगरपालिका भित्र लकडाउन नखुलेको बताउनुभयो । पछिल्ला दिनमा नगरभित्र सवारी आवागनमा वृद्धि र मानिसहरुको चहलपहल वढेपछि लकडाउन उल्लघंन भएको भनी धेरै गुनासो वढेको छ ।

मानिसहरु विहान वेलुका घरवाट वाहिर निस्कने, साइकल मोटरसाइकलमा धेरै यात्रा गर्ने, सामुहिक रुपमा घर निर्माणको कार्य चलिरहने आदि कारण लकडाउन फितलो भएको गुनासो वढेको छ भने सामाजिक संजामाल पनि व्यापक आलोचना सुरु भएको छ । तर थापाले भने नगरभित्र लकडाउनलाई कडा नै पारिएको तर अहिले खेती लगाउने समय भएकाले मल वीउ विक्रि गर्ने पसल र जोत्ने ट्याक्टरलाई भने आवतजावत गर्न दिइएको उहाँले बताउनुभयो । तर अव चेकजाँच लाई कडा पार्ने वताउँदै उहाँले अनावश्यक घर वाहिर ननिस्कन आग्रह गर्नुभयो ।

चेकजाँच गरेमात्र नियन्त्रणमा आउन खोज्ने वानीले अहिलेको महामारीको खतरा झन वढि हुने भन्दै उहाँले नागरिक स्वयम सचेत हुनुपर्नेमा उहाँको जोड छ । लकडाउन प्रहरीको लागि मात्रै हो भन्ने जसरी नवुझ्न आग्रह गर्दै अत्यावश्यक काम वाहेक कुनैपनि सवारी संचालन नगर्न पनि उहाँले आग्रह गर्नुभयो ।

Share.

Leave A Reply