सिम टि.भीले सुरु गर्यो कक्षा ४ देखि कक्षा १० सम्मको अनलाइन कक्षा

0

२३ बैशाख, गैडाकोट । सिम टि.भीले कक्षा ४ देखि कक्षा १० सम्मको अनलाइन कक्षा शुरू गरेको छ ।

विद्यालयहरुमा लामो समयदेखि पठनपाठन हुन नसकेको र लकडाउनको समय अझै थपिने संकेत पाएपछि अनलाइन कक्षा सुरु गरेको दिपस्ना टेड्स का प्रबन्धक निर्देशक सन्तोष अधिकारी ले जानकारी दिनुभयो ।

हलसालै एउटा कक्षा पास भएर अर्को कक्षामा प्रवेश गरेका बालबालिकालाई निरन्तर रुपमा अध्यापान गराएर सहयोग पुराउने उद्धेश्यका साथ सिम टि.भी. ले नवलपुर, चितवनमा आफनो सेवा प्रदान गरेको अधिकारीले बताउनुभयो ।

सिम टि.भि मा कक्षा ४ देखि कक्षा १० सम्म घरमै बसेर अनलाइन कक्षा हेर्न सकिने बताउँदै बालबालिकाको शैक्षिक प्रणाली भत्कन नदिने र अनलाइन मार्फत अध्ययन गर्ने प्रणालीको विकास गर्दै लैजाने नै मुख्य उद्देश्य रहेको बताउनुभयो ।

प्रबन्धक निर्देशक अधिकारीले च्यानल न १०७ मा जुनियर, ११५ मा राईम्स र ११७ मा अनलाइन कक्षा सञ्चालन भइरहेको हो । थप जानकारी को लागि च्यानल नं ११७ मा हेर्न सकिने अधिकारीले जानकारी दिनुभयो ।

Share.

Leave A Reply