गैडाकोट ४ ले सुरु गर्यो प्लटिङका बाँझो बारी जोत्न, कृषि उत्पादनलाई जोड

0

डोलराज रानाभाट, २३ बैशाख, गैडाकोट । गैडाकोट नगरपालिका वडानम्वर ४ ले वडाभित्र रहेका खेतीयोग्य जमिन बाँझो नराख्ने अभियान सुरु गरेको छ । वडाअध्यक्ष कृष्णप्रसाद न्यौपानेका अनुसार वडाभित्र प्लटिङ गरी राखिएका खाली जमिन जो खेतीयोग्य छन् ती सवै जोत्ने र कृषि उत्पादनमा जोड दिने बताउनु भएको हो ।आज गैडाकोट पम्पिङ पछाडी रहेको प्लटिङ जोतिएको छ भने चाँडै अन्य भागमा रहेका प्लटिङ जोत्ने तयारी भइरहेको उहाँले बताउनुभयो ।

कोरोना भाइरस र लकडाउनले अर्थतन्त्रमा ठूलो क्षती हुने अर्थ्विदहरुले बताइरहदा वडाले भने उत्पादनलाई जोड दिएर आजबाट बाँझो बारी जोत्ने र खेती गर्न चाहानेलाई उपलब्ध गराउने वडा अध्यक्ष न्यौपानेले विजय एफएमलाई बताउनुभयो ।


धेरै क्षेत्रफलमा जग्गा ओगटेर राख्ने जग्गाधनी स्वयम्लाई खेती गर्न लगाउने यदि गर्न नचाहे उनीहरुको जग्गा कृषिकर्म गर्न चाहानेलाई दिने गरी सहमति र छलफल अघि बढाएको वडा अध्यक्ष न्यौपानेले बताउनुभयो । जग्गाधनीहरु पनि यस कार्यमा सकारात्मक देखिएको र धेरै आफै खेती गर्न तयार रहेको उहाँको भनाई छ । वडासदस्य तेजप्रसाद घिमिरेले वडानम्वर ४ ले थालेको कदमले नयाँ सन्देश जाने विश्वास व्यक्त गर्दै उत्पादनमा थप टेवा पुग्ने बताउनुभयो । कार्यपालिका सदस्य संगीता घिमिरे पण्डीतले महिला दीदीवहिनीहरु समूहमा खेती गर्न चाहेपनि जमिन उपलब्ध गराउने गरी छलफल भइरहेको बताउनुभयो ।

Share.

Leave A Reply