देशभर कोरोना संक्रमितको सख्या ८२ पुग्यो, आज मात्रै नेपालजञ्जमा ७ नयाँ सक्रमित

0

डोलराज रानाभाट, २३ बैशाख । कोरोना भाइरसबाट संक्रमित हुनेको सख्या नेपालमा ८२ पुगेको छ । आज गरिएको स्वाव परीक्षणमा नेपालजञ्जका थप ७ जनामा कोरोना भाइरस देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।  हिजो सम्म ७५ जना संक्रमित थिए ।

यसअघि बाँकेमा १६ जना संक्रमित फेला परेका थिए ।संक्रमितको संख्या ह्वात्तै बढेपछि नेपालगञ्जमा २५ गतेसम्मलाई निषेधित क्षेत्र घोषणा गरिएको छ ।

यसअघि बाँके जिल्लाको नेपालजन्ज ८ मा मात्रै १५ जना र ५ नम्वर वडामा १ जना कोरोना संक्रमित रहेका छन् । आज आएको स्वाव कुन कुन वडाको हो भन्ने छुट्याइएको छैन ।

Share.

Leave A Reply