गैडाकोट ४ ले बाँझो बारीमा कृषि उत्पादन सुरु गर्ने, आज मात्रै ३ विघा क्षेत्रफल जोत्ने तयारी

0

डोलराज रानाभाट, २३ बैशाख । गैडाकोट नगरपालिका वडानम्वर ४ ले वडाभित्र रहेका खेतीयोग्य जमिन बाँझो नराख्ने अभियान सुरु गरेको छ ।

वडाअध्यक्ष कृष्णप्रसाद न्यौपानेका अनुसार वडाभित्र रहेका खाली जमिन देखि प्लटिङ जो खेतीयोग्य छन् सवै जोत्ने र कृषि उत्पादनमा जोड दिने बताउनु भएको हो । कोरोना भाइरस र लकडाउनले अर्थतन्त्रमा ठूलो क्षती हुने अर्थविदहरुले बताइरहदा वडाले भने उत्पादनलाई जोड दिएर आजबाट बाँझो बारी जोत्ने र खेती गर्न चाहानेलाई उपलब्ध गराउने वडा अध्यक्ष न्यौपानेले विजय एफएमलाई जानकारी दिनुभयो ।

धेरै क्षेत्रफलमा जग्गा ओगटेर राख्ने जग्गाधनी स्वयम्लाई खेती गर्न लगाउने यदि गर्न नचाहे उनीहरुको जग्गा कृषिकर्म गर्न चाहानेलाई दिने गरी सहमति र छलफल अघि बढाएको वडा अध्यक्ष न्यौपानेले बताउनुभयो । जग्गाधनीहरु पनि यस कार्यमा सकारात्मक देखिएको र धेरै आफै खेती गर्न तयार रहेको उहाँको भनाई छ ।

देशमा उद्योग कलकारखना, खनीज पर्याप्त नभएको भन्दै भएको जमिनको सदुपयोग गरी उत्पादन बढाउन सके भविष्यमा हुनसक्ने भोकमरी लगायतका समस्याबाट मुक्त पाइने दावी सहित यो कदम चालेको उहाँले बताउनुभयो । अहिले सम्म २५ जना वढिले खेती गर्न चाहेकोमा नाम दर्ता गरीसकेको र आजबाट निजी सार्वजनिक जग्गा जहाँ उत्पादन हुन्छ ती क्षेत्र जोत्ने र खेती गर्न सुरु गरिने भएको छ ।

त्यसका लागि नगरपालिकाले वीउ, सिचाई आदि क्षेत्रमा लगानी गर्ने र ३ विघा जमिन आजै जोत्ने अध्यक्ष न्यौपानेले बताउनुभयो । मकै, फर्सि, वोडी लगाउन आजैबाट सुरु गर्ने उहाँको भनाई छ ।

निजी जमिनमा हस्तक्षेप नभई मजदुरी गर्नेहरुलाई मौका दिन यो कार्य थालनी गरेको र यदि जमिन अन्य प्रयोजनमा जग्गाधनीले माग गरे एक खेती अगावै सूचना दिनुपर्ने र त्यसपछि छोडीदिने पनि उहाँको भनाई छ । यसरी जग्गा उपलब्ध गराउने जग्गाधनीहरुले तिर्नुपर्ने मालपोतमा सहुलियत दिने तयारीमा आफूहरु रहेको न्यौपानेले बताउनुभयो ।

Share.

Leave A Reply