चितवनको खैरहनी ८ मा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

0

२१ बैशाख । चितवनको खैरहनी नगरपालिका वडानम्वर ८ को चैनपुर चोक स्थित लोकमार्गमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

आज साँझ ७ बजेर ३५ मिनेट जाँदा भन्डाराबाट टांडी तर्फ गईरहेको ग १ क २१९६ नम्वरको ट्रक ले बाटो क्रस गर्ने क्रममा ना २७ प ५८१८ नम्वरको मोटरसाइकललाई ठक्कर दिदा मोटरसाइकलका चालक चितवन खैरहनी ८ बस्ने बर्ष अन्दाजी ६३।६४ का कुलानन्द भण्डारीको मृत्यु भएको हो ।

ठक्करबाट गम्भीर घाईते भण्डारीलाई उपचारको लागि भरतपुर स्थित पुरानो मेडिकल कलेज पठाइएकोमा उपचारको क्रममा ८ बजेर २० मिनेट जाँदा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । दुबै सवारी साधन र ट्रक चालक नियन्त्रणमा रहेको छ ।

Share.

Leave A Reply