गैडाकोट ५ मा वाहिरी व्यक्ति भित्रिएको भन्दै घरवेटी जिम्मेवार वन्न आग्रह

0

२१ बैशाख । गैडाकोट नगरपालिकामा वाहिरबाट फर्किएका व्यक्तिहरु भित्रिएको भन्दै सचेत वन्न आग्रह गरिएको छ । वैशाख २५ बाट लकडाउन खुकुलो हुने भन्ने भ्रममा परेर गैडाकोटबाट वाहिरएका व्यक्तिहरु फेरि आएको भन्दै सचेत वन्न आग्रह गरिएको छ ।

आज मात्रै नेपालमा एकै दिन १६ जनामा कोरोना भाइरस देखिएको र थप सचेत वन्नुपर्नेमा उल्टो झन् गैडाकोटमा वाहिरबाट व्यक्ति नगर भित्रिएको भन्दै जसले घरमा राखेको छ उही व्यक्ति जिम्मेवार वन्नुपर्ने नगरकार्यपालिका सदस्य कुमारी रेखा पौडेलले बताउनुभयो ।

विशेष गरी गैडाकोट ५ का घर भाडामा वस्नेहरु पूर्वबाट फर्किएको र त्यसरी आउनेहरु वढेको पौडेलले बताउनुभयो ।

जनकपुर, विरगन्ज,सर्लाहीबाट त्यसरी व्यक्तिहरु आउदा पनि जनप्रतिनिधिहरुलाई खवर नगरेको भन्दै घरवेटीहरु जिम्मेवार वन्न उहाँले आग्रह गर्नुभयो । सकेसम्म नगरमा भित्रिन नदिने यदी आएमा जसले घरभाडामा राखेको छ उक्त घरवेटी र सोही टोलका पदाधिकारीहरुले जनप्रनिधिहरुलाई खवर गरी क्वारेनटाइनमा राख्न सहयोग गर्नुपर्नेमा जोड दिनुभयो ।

Share.

Leave A Reply