नेपालगञ्जमा एकैदिन १५ जनामा कोरोना,संक्रमितको संख्या ७५ पुग्यो

0

२१ बैशाख । नेपालमा कोरोना भाइरस संक्रमितको सख्या ७५ पुगेको छ । आज मात्रै नेपालगञ्जमा १५ जना नयाँ कोरोना भाइरसका विरामी थपिएका हुन् ।

स्वास्थ्य मन्त्रालयको प्रेस व्रिफिङमा ९ जनामा (५ जना पुरुष, ४ जना महिला) कोरोना भाइरस देखिएको रिपोर्ट थियो भने साँझ नेपालगञ्जमा थप ६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो। भेरी अस्पताल स्रोतका अनुसार थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।आज नै बारामा एक जना ३६ वर्षीय पुरुषमा पनि कोरोना भेटिएको थियो। यससँगै नेपालमा कोरोना संक्रमितको संख्या ७५ पुगेको छ ।

संक्रमित व्यक्तिहरुको सम्पर्कमा रहेका अन्यको खोजी भइरहेको छ। १७ गते फूलबारी मस्जिदमा जाँच गर्दा ६० वर्षीयमा कोरोना देखिएपछि उनको घर, उनी जाने मस्जिद र पढाउने मस्जिदलाई सिल गरिएको थियो। ९० जनाको स्वाव संकलन गरिएकोमा अझै स्वाव परीक्षण जारी छ ।

Share.

Leave A Reply