लकडाउनले समस्यामा परेका २९४ विपन्नलाई भेडावारी सामुदायिक वनले दियो राहत

0

२१ बैशाख, गैडाकोट । लकडाउनका कारण समस्यामा रहेका आफ्ना उपभोक्ता सदस्यहरुलाई भेडावारी सामुदायिक वन उपभोक्ता समूहले सहयोग गरेको छ ।

गैडाकोट ११ र १२ मा आफ्नो कार्यक्षत्रे रहेको सामुदायिक वनले आफ्ना उपभोक्ता सदस्यहरुलाई राहत पुग्ने गरी वडाअध्यक्ष जनप्रतिनिधि मार्फत २ लाखको चेक हस्तान्तरण गरिएको अध्यक्ष गुरु पौडेलले जानकारी दिनुभयो ।

उक्त रकमले दैनिक गुजारा चलाउन समस्या भएका उपभोक्ता सदस्यहरुलाई राहत पुग्ने गरी वडा कार्यालय मार्फत सहयोग गरेको अध्यक्ष पौडेलले बताउनुभयो । राज्यको एकद्धारा प्रणाली मार्फत गैडाकोट ११ का वडाअध्यक्ष जनप्रतिनिधिको रोहवरमा १९९ घरधुरी र वडानम्वर १२ को केही भागका ९५ उपभोक्ताहरुलाई पुग्ने गरी वडानम्वर १२ का वडाअध्यक्ष जनप्रतिनिधिको रोहवरमा गरि कुल २ लाख रुपैया वरावरको राहत वितरण गरिएको पौडेलले बताउनुभयो ।

२०६४ साल भदौ महिनाबाट स्थापना भएको समूहले उपभोक्ताहरुलाई विभिन्न व्यवसायिक तालिम देखि घर नभएकाहरुलाई नयाँ घर वनाई हस्तान्तरण गर्दै आइरहेको छ । ३९१ दशमलव ९६ हेक्टरमा फैलिएको वनले गरिब विपन्न शीर्षकमा विनियोजन गरेको बजेट निकासा गरेर राहतमा सहयोग गरेको हो ।

१ हजार २ सय २८ उपभोक्ता आवद्ध वनले लकडाउनका कारण हुन सक्ने काठ तस्करी देखि डडेलो लाई रोक्न निरन्तर गस्ती वढाइरहेको अध्यक्ष पौडेलले बताउनुभयो ।

Share.

Leave A Reply