आज मात्र नेपालमा १० जनामा कोरोना देखियो

0

डोलराज रानाभाट, २१ बैशाख । नेपालमा आज मात्रै १० जनामा कोरोना भाइरसका संक्रमित भेटिएको छ । यस सँगै नेपालमा सक्रमित हुनेको सख्या ६९ पुगेको छ । आज पर्सा जिल्लाका ३६ वर्षीय पुरुष र नेपालगन्जको प्रयोगशालामा ९ जना जसमा ५ जना पुरुष र ४ जना महिला हुनुहुन्छ । आज मात्रै १० जनामा कोरोना देखिएको हो । नेपालगञ्जमा देखिएकाहरु ७ देखि ५८ वर्षका छन् । थप विवरण आउन वाँकी छ ।
रुपन्देहीमा १, नेपालगन्जमा १०, धनगढीमा १ चितवनमा १ जना, विरगन्जमा ९ जना र विराटनगरमा ३१ जना को उपचार भइरहेको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । सवैको अवस्था सामान्य छ ।

Share.

Leave A Reply