गैडाकोट ३ को हर्दी र केलादीका ८५ घरधुरीलाई रोटरी क्लव अफ नारायणगढको खाद्यन्न सहयोग

0

डोलराज रानाभाट, २१ बैशाख, गैडाकोट । सधैँ दुख र अभावमा सहयोग गर्न पुग्ने अन्तराष्ट्रिय सामाजिक संस्था रोटरी क्लव अफ नारायणगढले हिजो नवलपुरको गैडाकोट नगरपालिका वडानम्वर ३ को हर्दी र केलादीका जनतालाई साद्यन्न सहयोग गरेको छ । लकडाउन अघि दैनिक ज्यालादारी गरी जीवन  धानिरहेका उक्त क्षेत्रका स्थानीय गत चैत्र ११ गतेदेखि काम पाउन छाडेका छन् । जसले गर्दा दैनिक जीवन धान्न कठीन भएको अवस्थामा रोटरी क्लवले सहयोग गरेको हो ।

राज्यको एकद्धारा प्रणालीलाई पालना गर्दै वडाअध्यक्ष शिवकान्त तिवारीको समन्वयमा र रोटरी क्लव अफ गैडाकोटको पहलमा केलादीमा ३५ र हर्दीमा ५० घरधुरीलाई खाद्यन्न सहयोग गरिएको हो । रोटरी क्लव अफ नारायणगढका अध्यक्ष सुशनलाल प्रधान सहितको पदाधिकारीले गैडाकोट नगरपालिकाका नगरप्रमुख छत्रराज पौडेललाई हस्तान्तरण गरी वितरण गर्न सुरु गरिएको थियो । नगरप्रमुख छत्रराज पौडेलले नगरकै ग्रामीण क्षेत्रमा आएर खाद्यन्न सहयोग गर्ने संस्था र त्यसमा सहयोग गर्ने सवैप्रति आभार व्यक्त गर्दै समाज विकास र गरिवी निवारण गर्न लागि रोटरी सहितका संस्थाहरुसँग नगरपालिका सधैँ सहकार्य गर्न तयार रहेको बताउनुभयो ।

गैँडाकोट नगरपालिकाका मेयर छत्रराज पौडेल, वडा नं ३ का अध्यक्ष शिवकान्त तिवारी, वडा नं ५ का अध्यक्ष नवराज कँडेल तथा नारायणगढ रोटरी क्लबका संस्थापक अध्यक्ष निरञ्जन प्रधानको उपस्थितीमा क्लबका अध्यक्ष रोटरियन सुसन लाल प्रधानले उक्त खाद्यान्नहरू वितरण गर्नुभएको थियो ।

समाज सेवामा निरन्तर समर्पित “स्वार्थ भन्दामाथी सेवा”को उद्देश्य लिएर स्थापित नारायणगढ रोटरी क्लबले विश्वभर माहामारीको रूपमा पैmलिरहेको कोरोनाभाइरस र यसले सिर्जना गरेको संकटको घडीमा केलादी र हर्दिका दैनिक ज्यालादारी गरी परिवार पाल्नुपर्ने मजदुरहरूको दयनीय अवस्था देखेर एक घरधुरीलाई १० केजि देखि वढिमा ३० केजि चामल सहित कुल १५०० केजी चामल, २० केजी मस्यौरा र खाने तेल ५० लिटर वितरण गरिएको कार्यक्रम संयोजक गुणेश्वर महतोले बताउनुभयो ।

गैँडाकोट नगरपालिका, वडा नं. ३ मा रहेका भुजेल, गुरुङ, दलित, मगर र क्षेत्री लगायत अन्य जातजातिहरूको दैनिक भरणपोषणमा सहयोग पुगोस् भन्ने उद्देश्यले खाद्यान्न वितरण गरिएको क्लबका सचिव यज्ञमुनी बज्राचार्यले बताउनुभयो ।

हाल लकडाउन भोगिरहेका गाउँका दैनिक ज्यालादारी गरी जिवीकोपार्जन गर्ने मजदुरहरूका लागि थोरै भएपनि राहतप्रदान गरिएको क्लबका अध्यक्ष सुसनलाल प्रधानले बताउनुभयो ।

गैंडाकोट नगरपालिका र रोटरी क्लबअफ गैँडाकोटले संयोजन गरेको उक्त कार्यक्रममा गैँडाकोट रोटरी क्लबको तर्पबाट संस्थापक अध्यक्ष भीमप्रसाद शर्मा, अध्यक्ष करुणसागर सुवेदी, निवर्तमान अध्यक्ष गोपेन्द्रकेशरी न्यौपाने, अध्यक्ष निर्वा्चित शकर घिमिरे, उपाध्यक्ष यदुलाल घिमिरे, सचिव गणेश उपाध्याय, सचिव गणेश उपाध्याय, सदस्यहरु इन्द्रराज पौडेल, विमल रिजाल सहित नारायणगढ रोटरी क्लबबाट पूर्व अध्यक्षहरू अरुणकुमार पिया,चुननारायण श्रेष्ठ, रोहितकुमार श्रेष्ठ, रमेश श्रेष्ठ लगायत पदाधिकारी तथा सदस्यहरूको उपस्तिथी रहेको थियो । खाद्यन्न वितरण पश्चात वडाअध्यक्ष शिवकान्त तिवारीले अझै पनि दैनिक जीवनमा कुनै समस्या आए आफूलाई सम्पर्क गर्न स्थानीयलाई अनुरोध गर्दै सहयोगी संस्थालाई धन्यवाद दिनुभएको थियो ।

Share.

Leave A Reply