अपाङ्ग जीवन पुनःस्थापना संस्था लाई सहयोग

0

 

बैशाख २०,गैंडाकोट। विश्व महामारीको रुपमा फैलिएको कोरोना भाइरस अर्थात कोभिड १९ ले मुलुकलाई पनि आक्रान्त पारेको छ । दैनिक ज्यालादारी अर्थात मजदु्री गरेर खाने लगायत अपांग र असाहय लाई दैनिक जीवनयापनमा पनि कष्ट हुन थालेको र विहान बेलुकाको छाक टार्न निकै कष्ट भएको भन्ने खबरले दुखित तुल्याएको भन्दै गैंडाकोट मा रहेको ‘विपतमा हामी’ संस्थाले गैंडाकोट नगरपालिका वडा नम्बर १ मा रहेको अपाङ्ग जीवन पुनःस्थापना संस्था ‘विपतमा हामी’ समूहले सहयोग गरेको छ ।

अपाङ्ग संस्थामा दैनिक छाक टार्न समेत समस्या परेको भन्ने समाचार आएका कारण आफूहरु सो स्थानमा पुगी राहत वितरण गरेको बिपद मा हामी का सह सम्योजक गोपाल सापकोटाले जानकारी दिएका छन् । अपाङ्ग जिवन पुनःस्थापन संस्था गैंडाकोट १ को परिसर मा भएको कार्यक्रम मा गैंडाकोट नगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष हरिप्रसाद सापकोटा,वडा सदस्य हरु तेजु घिमिरे, यदु सापकोटा, दोर्ण बन सन्यासी,कमल पराजुली,किशन गुरुङ,लगाएत जनप्रतिनिधि तथा सामाजिक अभियन्ता को उक्त खाद्यान्न सामाग्री वितरण कार्यक्रम मा उपस्थिति रहेको थियो ।

कार्यक्रम मा “बिपत मा हामी” सस्था ले अहिले मात्रै नभै हरेक समयमा यसरीनै आफ्नो सक्रियता बढाउने र “बिपद मा हामी” सस्था लाई राजनीतिक रूपमा नजोडिदिनु आग्रह गर्दछु” सस्थाका सम्योजक गोकुल सापकोटाले भनेका छन् । अपाङ्ग जिबन पुनःस्थापन सस्था का अध्यक्ष बालकृष्ण सापकोटाले अहिले २२ जाना विभिन्न रोग र अपाङ्गता भएका ब्याक्ति रहेको र केही मानसिक रोगी समेत रहेका ले यो लकडाउन मा औसधि लगाएत को अभाव भएकोमा यसरी सहयोग गर्न सस्था मै आएकोमा “बिपद मा हामी” लाई धन्यवाद दिनु भएको थियो ।

यसै कार्यक्रममा गैँडाकोट नगरपालिका वडा नं. १ को कार्यालयको तर्फबाट पनि सहयोग गरिएको वडा अध्यक्ष हरिप्रसाद सापकोटाले बताउनुभयो । सापकोटाले ४० केजी चामल, दाल नुन ४÷४ केजी, तेल ४ पोका सहयोग गरिएको बताउनुभयो ।

 

नेपाल सरकार र गैंडाकोट नगरपालिका को निर्णय अनुसार एकद्धार प्रणालीलाई आत्मसात गर्दै गैंडाकोट का विभिन्न सामाजिक अभियन्ताहरुको सहभागितामा खाद्यान्न वितरण गरेको “बिपद मा हामी” का आर्थिक सम्योजक रामनाथ तिवारीले बताए । मुलुकमा जस्तो सुकै विपत को अवस्थामा समस्यामा परेका मानिसहरुको साथी बन्ने उद्येश्यका साथ स्थापना भएको ‘विपतमा हामी’ नामक समाजिक संस्थाले यस अघि विभिन्न समयमा अति बिप्पन्न परिवारलाई राहत एवं खाद्यान्न सामाग्री वितरण गरि सके को बताइएको छ ।

Share.

Leave A Reply