अटोमोवाइल व्यवसायीद्धारा यातायात मजदुरलाई राहत सामाग्री

0

बैशाख २०, चितवन । अटोमोवाइल व्यवसायीद्धारा जिल्लामा रहेका यातयात मजदुर, मेकानिक्स, श्रमिक लगायतलाई खाद्यान्न वितरण गरिएको छ । चितवन अटो मेकानिकल व्यवसायी संघ,र अटोमेकानिकल वचत तथा ऋण सहकारी संस्था,नारायणढको सहकार्यमा आज एकसय घरपरिवारलाई राहत सामाग्री वितरण गरिएको हो ।
नेपाल अटोमेकानिक्स व्यवसायी महासंघका उपाध्यक्ष एवं चितवन चेम्बरका उपाध्यक्ष गोपाल भट्टराईले यातायात एवं अटोमोबाइल क्षेत्रमा रहेका मजदुर, मेकानिक्स, चालक , सहचालकलाई दैनिक जीवन यापन गर्न कठिन भएकोले राहत सामाग्री वितरण गरिएको बताउनुभएको छ।
राहतमा तीन हप्तालाई पुग्ने चामल, दाल, पिठो, चना, सोयावीन लगायतका खाद्य सामाग्री वितरण गरिएको छ उपाध्यक्ष भट्टराईले जानकारी दिनुभयो ।
वितरण कार्यक्रममा बोल्दै अटोमेकानिकल ऋण तथा बचत सहकारीका अध्यक्ष नारायण कंडेलले भारत र जिल्ला बाहिर घर भएर यहांँ अटोमोवाइल क्षेत्रमा काम गर्ने मजदुरलाई लक्षित गरी राहत सामाग्री वितरण गरिएको बताउनुभयो ।
हाल संस्थाले जिल्लामा रहेका जोकोही यातायात मजदुर, श्रमीक , मेकानिक्सलाई राहत लिन आउन आग्रह गरेको छ । आज एकसय जनालाई राहत वितरण गर्ने कार्यक्रम रहेको र आगामी दिनमा पनि यसलाई निरन्तरता दिने कंडेलको भनाई छ ।
उद्योग वाणिज्य संघ, चितवनका अध्यक्ष राजु श्रेष्ठले संघको ३६ वटा बस्तुगतसंघले लकडाउन शुरुभएदेखिनै राहत वितरण र खाना खुवाउने कार्यक्रमलाई निरन्तरता दिदै आएको बताउनुभयो ।

Share.

Leave A Reply