रोटर्याक्ट क्लव अफ गैडाकोटले दियो पत्रकारहरुलाई स्वास्थ्य सामाग्री

0

२० बैशाख, गैडाकोट । सामाजिक क्षेत्रमा सक्रिय अन्तराष्ट्रिय संस्था रोटर्याक्ट क्लव अफ गैडाकोटले नगरभित्र सक्रिय चार संचारमाध्यममा कार्यरत पत्रकारहरुलाई स्वास्थ्य सामाग्री सहयोग गरेको छ । रोटरी क्लव अफ गैडाकोटको सहयोगमा प्रति संचारमाध्यम ६२ थान सर्जिकल मास्क सहयोग गरेको हो ।

नगरपालिका अन्तर्गतका सन्चार गृहमा अहिलेको स्वास्थ्य महामारीमा पनि जोखिम मोलेर काम गर्नुपर्ने र जनतालाई सत्य तथ्य सूचना सम्प्रेषणको अग्र मोर्चामा खटिनु परेका कारण कोरोना भाइरसको संक्रमणबाट जोगिन केहि मद्दत मिल्ने गरी स्वास्थ्य सामाग्री अन्तर्गत मास्क वितरण गरेको रोटर्याक्ट क्लव अफ गैडाकोटका अध्यक्ष शरद काफ्ले बताउनुभयो । अहिले सवैभन्दा महत्वपूर्ण नै सत्य समाचार र सूचना रहेको भन्दै पत्रकारहरुले खेलेको भूमिकाको प्रसंसा पनि गर्नुभयो ।

जनतालाई भ्रम फैलाउने र कोरोना नभएपनि हो भन्नेको वीच पत्रकारहरुले सत्य तथ्य समाचारका कारण समाज विचलित हुन नपाएको काफ्लेको भनाई थियो ।

रोटरी क्लव अफ गैडाकोटका वर्तमान अध्यक्ष करुणासागर सुवेदी र र निवर्तमान अध्यक्ष गोपेन्द्र केशरी न्यौपानेले संयुक्त रुपमा संचारमाध्यमका प्रतिनिधिहरुलाई सामाजिक दुरी कायम गर्दै मास्क हस्तान्तरण गर्नुभएको थियो । कार्यक्रममा रोटर्याक्ट क्लवका सचिव पुरुषोत्तम काफ्लेले सहजीकरण गर्नुभएको थियो ।कार्यक्रममा रोटर्याक्ट र रोटरीका अन्य पदाधिकारीहरुको पनि उपस्तिी रहेको थियो ।

Share.

Leave A Reply