गैडाकोट ६ का युवाहरुद्धारा वडामा राहत सहयोग, देउसीभैलो बाट प्राप्त रकम पनि हस्तान्तरण

0

हरि सुवेदी, १९ बैशाख गैडाकोट । गैडाकोट नगरपालिका वडा नं ६ कालिकाचोकका युवाहरुले वडामा रहेका अति बिपन परिवारलाई राहत सहयोग गरेका छन् । उनीहरुले प्रति परिवार १० केजी चामल, १ केजी दाल, १ पाकेट नुन ,१ पोका तेल, १ साबुन सहितको ३० वटा प्याकेज उक्त घरपरिवारलाई वितरण गरिएको हो । राज्यको एकद्धारा प्रणालीलाई पालना गर्दै वडा न ६ का वडा अध्यक्ष लक्ष्मी प्रसाद सापकोटालाई विपन्न परिवारमा पुग्ने गरी आज हस्तान्तरण गरियोको वडा नं ६ का युवा युवराज सापकोटाले जानकारी दिनुभयो । उक्त प्याकेज खरिदको रकम आफूहरुले तिहार मा देउसी भैलो खेली जम्मा गरेको रु ९ हजार ९५० र वाड नम्वर ६ का केही युवाहरुबाट जम्मा गरेको रकम १४ हजार ५० सहित र कुल २४ हजार रकम वडा अध्यक्ष सापकोटालाई हस्तान्तरण गरिएकाे हाे ।

Share.

Leave A Reply