बर्दघाटमा भएको कार दुर्घटनामा एकको मृत्यु , दुई घाइते

0

१९ बैशाख । नवलपरासीको बर्दघाटमा कार दुर्घटना हुंदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । बर्दघाट वाट त्रिवेणीजादै गरेको बा १२ च २००९ नम्बरको कार तिव्रगतिमा रहेको र अनियन्त्रित हुदा बिजुलीको पोलमा ठोक्किएको थियो । हिजो सांझ ६ बजे भएको दुर्घटनामा परि कारका चालक ४४ वर्षीय हरी भुर्तेलको मृत्यु भएको छ । बर्दघाट नगरपालिका वडा नम्बर ४ निवासी रामप्रसाद पाण्डे र गोकर्ण शर्मा घाइते भएका छन । उनिहरुको भरतपुर अस्पतालमा उपचार जारी छ ।

Share.

Leave A Reply