नव पारिजातको नयाँ कार्य, देउसीभैलो रकम विपन्न परिवारलाई सहयोग

0

माया कंडेल, १८ बैशाख ।  नवपारिजात महिला टोल बिकास समुह गैंडाकोट २ ले कोराना भाईरसका कारण कोहि भोको रहन नपरोस भन्दै वडामार्फत २१ हजार ५ सय रुपैया सहयोग गरेको छ । नवपारिजात टोल बिकास संस्था अन्र्तगतको नवपारिजात महिला टोल बिकास समुहले लकडाउनले दैनिकी ज्यालादारीमा काम गर्न नपाएका कारण कोहि भोकै हुन नपरोस भन्दै देउसी भैली खेलेर संकलन गरेको रकम सामाजिक कार्यका उपलब्ध गराएको समुहकी अध्यक्ष खुमकान्ती भण्डारीले बताउनुभयो । राहत वितरणको एकद्धार पद्धति रहेकाले गैंडाकोट २ का वडाध्यक्ष धुब्रराम पौडेललाई हस्तान्तरण गरिएको भण्डारीले जानकारी दिनुभयो ।

सहयोग रकम उपलब्ध गराएकोमा वडाध्यक्ष धुब्रराम पौडेलले धन्यबाद ज्ञापन गर्नुभएको थियो ।सो कार्यक्रममा नवपारिजात टोल बिकास संस्थाका कार्यबाहक अध्यक्ष एवम् सुर्यविनायक ईङलिस स्कुलका प्रधानाध्यापक धनीश्वर गौतम डिजी, उपाध्यक्ष उमा आचार्य, सचिव ईन्दिरा खनाल, कोषाध्यक्ष अमिता बानिया, महिला समुह सचिव संगिता आचार्य ,टोल बिकास संस्थाका सल्लाहकार ऋषी सापकोटा, लेखा संयोजक नारायणदेव पंगेनी लगायतको उपस्थिति रहेको थियो । नवपारिजात टोल बिकास संस्थाका कार्यबाहक अध्यक्ष एवम् सुर्यविनायक ईङलिस स्कुलका प्रधानाध्यापक धनीश्वर गौतम डिजीले सबैलाई लकडाउनको पालना गर्दै व्यक्तिगत सरसफाइमा ध्यान दिन आग्रह गर्नुभएको छ ।

Share.

Leave A Reply