गैंडाकोटका मृगौला सम्बन्धि रोगबाट पिडित कंडेलललाई अधिकारीद्धारा सहयोग

0

गैंडाकोट, बैशाख १७
गैंडाकोट १ गंगानगरका मृगौला सम्बन्धि रोगबाट पिडित गोबिन्द कंडेलललाई आज युवा व्यवसायी नविन अधिकारीले २० हजार रुपैया सहयोग गर्नुभएको छ । युवा व्यवसायी नविन अधिकारीले आफनो छोरा सक्षम अधिकारीको जन्मदिनमा २० हजार रुपैया सहयोग गर्नुभएको छ । आर्थीक रुपमा कमजोर रहेकाले उपचारमा सहयोग होस भनि सहयोग गरिएको अधिकारीले बताउनुभयो ।
गैंडाकोट वडा नम्बर ५ का वडाध्यक्ष नवराज कंडेललाई आर्थीक रुपमा कमजोर भएको र सहयोगका लागि अपिल गरिदिन गरेको आग्रह गरेकाले युवा व्यवसायी नविन अधिकारीले सहयोग गर्नुभएको बताउनुभयो । पिडीतको आग्रहलाई मध्यनजरले सहयोग रकम जुटाईएको वडाध्यक्ष कंडेलको भनाई छ ।
युवा व्यवसायी नविन अधिकारीले छोरा सक्षम अधिकारीको जन्मदिनमा सहयोग गर्न पाउदा खुशी लागेको बताउनुभयो ।
सहयोग रकम उपलब्ध गराएकोमा गोबिन्द कंडेलले धन्यबाद ज्ञापन गर्नुभएको छ ।

Share.

Leave A Reply