कोरोना संक्रमित रहेको जहाजबाट आएका नवलपुरका ३ जनाको स्वाव रिपोर्ट आज आउने

0

१७ बैशाख । भोजपुरका एक व्यक्तिमा कोरोना संक्रमण देखिएसँगै उहाँ सवार जहाजमा रहेका नवलपुरका ३ जनाको स्वावको रिपोर्ट आज आउने बताइएको छ । साउदी अरबबाट आएका भोजपुरका उक्त पुरुषमा कोरोना देखिएपछि गरिएको कन्ट्याक्ट ट्रेसिङमा हुप्सेकोट गाउँपालिकाका २ जना र मध्यविन्दु नगरपालिकाका १ जना गरी तीन जना आएको पाइएको जिल्ला स्वास्थ्य कार्यालय नवलपुरका प्रमुख केशव चापागाईले जानकारी दिनुभयो ।

उनीहरु सहित परिवारका सदस्यहरुको पनि स्वाव गरि ७ जनाको संकलन गरी परीक्षणका लागि हिजो नै पोखरा पठाइएको हो । भरतपुरमा हेटौंडामा परीक्षण गर्ने कीट नै नभएको भनेपछि पोखरा पठाइएको चापागाईले बताउनुभयो । उनीहरु फाल्गुनको अन्त्य तिर नेपाल आएका थिए ।

नेपाल आएर सेल्फ क्वारेन्टाइनमा बसेका थिए । लक्षण केही नदेखिएका भएपनि सँगै जहाजमा आएका भोजपुरका एक जनामा कोरोनाको संक्रमण देखिएपछि उनीहरु र परिवार सहित उदयपुरबाट आएका १ जना गरी ७ जनाको मध्यविन्दु जिल्ला अस्पतालमा स्वाब संकलन गरी पोखरा पठाइएको हो ।

Share.

Leave A Reply