गैडाकोट नगरभित्र नियमित खोप कार्यक्रम सुरु

0

डोलराज रानाभाट, १७ बैशाख । हिजोबाट सुरु गरिएको नियमित खोप कार्यक्रमबाट गैडाकोट नगरपालिकाका २०० जनाले विभिन्न प्रकारका खोप लिएका छन् । लकडाउन पछि स्थगित भएको खोप कार्यक्रम हिजोबाट सुरु भएको गैडाकोट नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख झलक पौडेलले जानकारी दिनुभयो ।

हरेक हप्ताको मंगलवार गैडाकोट स्वास्थ्य चौकीमा खोप कार्यक्रम सधैँ संचालन हुने पनि पौडेलले बताउनुभयो । खोप लगाउन आउँदा मास्क सहित स्यानिटाइजर प्रयोग गरेर आउन आग्रह पनि गरिएको छ । भौतिक दुरी कायम गरी खोप लगाउने कार्य सुरु भएको हो । अन्य स्वास्थ्य चौकीमा हरेक महिनाको ५ गतेदेखि देखि ९ गतेसम्म अव नियमित खोप संचालन हुने भन्दै १५ महिना मुनिका आफ्ना वालवालिका तथा गर्भवती महिलाहरुलाई खोप लगाउन उहाँले सवैमा आग्रह गर्नुभएको छ ।

हिजो मात्रै १५ महिना मुनिका १८२ जना वालवालिकालाई खोप लगाइएको छ भने वाँकी गर्भवती महिलाहरु रहेको पौडेलले जानकारी दिनुभयो ।

Share.

Leave A Reply