भरतपुरको कोरोना अस्पताल प्रकरणः विज्ञप्तीको वर्षा, आजै अख्तियारद्धारा छापा, महत्वपूर्ण कागजात नियन्त्रणमा

0

१६ बैशाख । भरतपुर कोरोना अस्थायी अस्पतालको स्टोरबाट सामान चोरेको भनी चरित्रहत्या गरिएको भन्दै आरोपित तीन कर्मचारीले प्रेश विज्ञप्ती निकालेका छन् । फणिन्द्र प्रसाद खनाल, संजय बराल र सूर्य तिवारीले संयुक्त हस्ताक्षर गरी जारी गरिएको विज्ञप्तीमा आफूहरु नियमित काममा रहेको र दिएको निर्देशन अनुसार काम गरिरहदा भिन्दा भिन्दै दिनको सीसीटिभ फुटेज जोडी नियमित कार्यको उल्टो अर्थ लाग्ने खालको भिडियो तयार गरि रातदिन खटिएको कर्मचारीहरुको चरित्र हत्या गरिएको भनिएको छ । आफूहरु दोषी रहे कारवाही भोग्न तयार रहेको जनाउदै भ्रामक र अर्नगल प्रचार वन्द गर्न आग्रह गर्दै कानुनी कारवाहीको माग गरिएको छ ।

हेर्नुहोस् विज्ञप्ती


यसैविच भतरपुर कोरोना अस्थायी अस्पताल र भरतपुर महानगरपालिकामा अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौंडाले महत्वपूर्ण कागजात नियन्त्रणमा लिएको छ । अख्तियारको टोलीले आज दिउँसो आर्थिक हिसाबकिताबका फाइल, खरिदका बिल, निर्णय पुस्तिका लगायत सबै कागजात नियन्त्रणमा लिएको अख्तियारले जनाएको छ ।

यसैविच भरतपुर कोरोना विशेष (अस्थायी) अस्पतालको स्टोरमा भएको चोरी भएको भनिएको सीसीटिभ फुटेजको छानविनका लागि गठीत समितिका संयोजक चितवन उद्योग संघका अध्यक्ष राजु पौडेलले आफू संयोजकमा रहेर जिम्मेवारी निर्वाह गर्न असमर्थ रहेको बताउनुभएको छ । समितिले छानविन गर्नुपूर्वनै उक्त घटना सम्वन्धमा राजनीतिक हिसावबाट वक्तव्य टिकाटिप्पणी आएको भन्दै चितवन उद्योग संघ निष्पक्ष र गैरराजनीतिक सामािजक संस्थाको अध्यक्ष भएकाले समितिमा वसेर छानविन गर्नु संघको भावना विपरित हुने भन्दै संयोजकमा नरहने स्पष्ट पार्नुभएको छ ।

Share.

Leave A Reply