गैडाकोटमा स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र पत्रकारहरुलाई इनर्जी ड्रिंक्स वितरण

0


गैंडाकोट, बैशाख १६ ।
गैंडाकोट नगरपालिका भित्र अहोरात्र सेवा दिइरहेका स्वास्थ्यकर्मी , सुरक्षाकर्मी र पत्रकारहरुलाइ इनर्जी ड्रिंक्स वितरण गरिएको छ । लायन्स क्लब अफ मौलाकालिका गैंडाकोटले मंगलबार गैडाकोटका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र पत्रकारहरुलाई इनर्जी डिक्«ंस वितरण गरेको छ ।


कुमारी मार्केटिङद्वारा प्राप्त गरेको ३० कार्टुन इनर्जी डिं«क्स नेस क्याफे र नेस टी लायन्स क्लब अफ मौलाकालिका गैंडाकोटका सचिव , कार्यक्रम संयोजक कृष्ण रिजालमार्फत गैंडाकोट नगरपालिकाका नगर प्रमुख छत्रराज पौडेल र वडा नं. ५ का वडा अध्यक्ष नबराज कंडेलको रोहवरमा नगरपालिकालाइ हस्तान्तरण गरेको थियो ।


लकडाउनका बेला गैंडाकोट नगरपालिका भित्रको सुरक्षा सतर्कतालाई ध्यानमा राखी अहोरात्र खटिएका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र पत्रकारहरुका लागि उक्त इनर्जी ड्रिंक्स राज्यले निर्धारण गरेको एकद्वार प्रणाली मार्फत वितरण गर्नका लागि नगर प्रमुखको रोहवरमा वितरण गरिएको लायन्स क्लब अफ मौलाकालिका गैंडाकोटका अध्यक्ष दया सागर सुवेदीले बताए ।


उक्त कार्यक्रममा यो समयमा गैंडाकोट नगरपालिका क्षेत्र भित्र अहोरात्र खटिएका सबै सुरक्षा निकाय स्वास्थकर्मी र पत्रकारहरुका लागि फेरि पनि अन्य राहतका कार्यक्रम लायन्स क्लब मार्फत आउने तयारीमा रहेको कृष्ण पाण्डेले जानकारी गराएका थिए ।


गैंडाकोट नगरपालिका भित्र अहोरात्र सेवा दिइरहेका स्वास्थ्यकर्मी , सुरक्षाकर्मी र पत्रकारहरुलाइ उक्त इनर्जी ड्रिंक्स नगरपालिका परीसर बाट नै बितरण गरिएको थियो भने उपस्थित सबै स्वास्थ्यकर्मी सुरक्षाकर्मी र पत्रकारहरुले लायन्सक्लब अफ मौलाकालिका गैंडाकोटलाई इनर्जी ड्रिंक्स उपलब्ध गराइ यो बिपतको समयमा अझ सेवा गर्न हौसला थपिदिएकोमा धन्यबाद समेत व्यक्त गरेका थिए ।

 

Share.

Leave A Reply