आज रामानुज जयन्ती र शंकराचार्य जयन्ती, साँझ साढे ६ बजे दीप प्रज्वलनको आह्वान

0


गैँडाकोट, १६ बैशाख ।  आज रामानुजाचार्यको १००४ आँै र श्रीशंकराचार्यको १२३२ आँै जन्मजयन्तीेको अवसरमा साँझ साढे ६ बजे दीप प्रज्ज्वलन को आयोजना गरिएको छ । विश्वभरि महामारीको प्रकोपको रुपमा फैलिएको कोभिड १९ कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएका २ लाख जना भन्दा बढीको चीरशान्तीको कामना र संक्रमित २८ लाख बढीको स्वास्थ्य लाभको कामना गर्दै दीप प्रज्वलन आयोजना गरिएको हो । दीप प्रज्वलन कार्यक्रमको आह्वान श्रीवैष्णव परिषद ने पाल र नेपाल सन्त समाज चितवनले आह्वान गरेका हुन् ।

 

 

Share.

Leave A Reply