कोरोना अस्पतालबाट चोरी घटनाः मसीनो गरी छानविन हुन्छ, एक हप्ता अघि नै प्रतिवेदन दिनेछौँः छानविन संयोजक राजु पौडेल

0

डोलराज रानाभाट, १६ बैशाख । विश्वमहामारीको रुप लिएको कोरोना भाइरस कोभिड १९ को उपचार गर्न चितवन उद्योग संघको भवन प्रदर्शनी केन्द्रमा भरतपुुर कोरोना अस्थायी अस्पताल निर्माण भयो । गत चैत्र ७ गतेदेखि सेवा दिन सुरु गरेको अस्पताललाई भतरपुर अस्पताल मातहत संचालन गर्ने निर्णय भयो ।

अस्पतालले सेवा दिइरहेको पछिल्लो समय एकाएक एउटा सीसीटिभ फुटेज सार्वजनिक भएको छ जहाँ त्यहाँ कार्यरत कर्मचारीले सामान पाको बनाएर स्टोरबाट वाहिरीएका छन् । अस्पतालमा रहेको सामान चोरी गरेको आरोप लागेको छ । अस्पतालका लेखापाल फणिन्द्र खनाल, भरतपुर अस्पतालका कर्मचारी सञ्जय बराल र महानगरपालिकाका स्वास्थ्य शाखाका अधिकृत सूर्य तिवारीले सामान बाहिर निकालेको भिडियो सार्वजनिक भएको छ । सामान पोको बारेर बत्ती निभाई स्टोर कोठाबाट वाहिरिएपछि सामान चोरेको आरोप बलियो बनेको छ ।

स्टोर भित्रै फाइट परेको छ । अस्पतालको सामान चोरी र अनियमितता छानबिन गर्न उद्योग संघ चितवनका अध्यक्ष राजु पौडेलको संयोजकत्वमा भरतपुर महानगरपालिका र भरतपुर अस्पतालका एक÷एक जना सदस्य रहने गरी समिति गठन गरिएको छ । समितिले आजैबाट मसीनो गरी छानविन गर्ने पौडेलले बताउनुभयो ।

विजय एफएमसँगको कुराकानीमा पौडेलले सीसीटिभ फुटेजमा देखिएका सवै व्यक्ति सहित त्यहाँ कार्यरत चिकित्सक, अन्य कर्मचारी, फुटेज वाहिर ल्याउने सँग पनि सोधपुछ सहित छानविन गर्ने बताउनुभयो । स्टोरमा रहेको सामानको विवरण सहित माग फारम आदिको गहिरो अध्ययन गरेर एक हप्ताको समय छानविन समितिलाई प्राप्त भएपछि त्यस अघिनै प्रतिवेदन वुझाउने उहाँले बताउनुभयो । छानविन सत्य तथ्यमा रहने र दोषीलाई कारवाहीको सिफारिस गर्ने पौडेलले बताउनुभयो । पौडेलले भन्नुभयो, “अहिले आरोप हो । हामीले छानविन थालिसकेका छौँ । मसिनो गरी छानविन पछि प्रतिवेदन वुझाउने छौँ । ”

यद्यपी काम गर्ने शिलशिलामा हुने यी घटनाले त्यहाँबाट प्रवाह हुने सेवाहरु प्रभावित नहुने भन्दै चिन्तित नरहने जनतालाई उहाँले आग्रह पनि गर्नुभएको छ ।

यसरी सामान निकालिएको रहेछ भरतपुर कोरोना अस्थायी अस्पतालबाट

विश्वमहामारीको रुप लिएको कोरोना भाइरस कोभिड १९ को उपचार गर्न चितवन उद्योग संघको भवन प्रदर्शनी केन्द्रमा भरतपुुर कोरोना अस्थायी अस्पताल निर्माण भयो । तर त्यहि अस्पतालको स्टोरबाट त्यहाँ कार्यरत अस्पतालका लेखापाल फणिन्द्र खनाल, भरतपुर अस्पतालका कर्मचारी सञ्जय बराल र महानगरपालिका स्वास्थ्य शाखाका अधिकृत सूर्य तिवारीले सामान बाहिर निकालेको भिडियो सार्वजनिक भएको छ । सामान पोको बारेर बत्ती निभाई स्टोर कोठाबाट वाहिरएपछि सामान चोरेको आरोप लागेको छ । अस्पतालको सामान चोरी र अनियमितता छानबिन गर्न उद्योग संघ चितवनका अध्यक्ष राजु पौडेलको संयोजकत्वमा भरतपुर महानगरपालिका र भरतपुर अस्पतालका एक÷एक जना सदस्य रहने गरी समिति गठन गरिएको छ । समितिले कसरी छानविन कार्य अघि वढाउदै छ त ? संयोजक राजु पौडेल

Posted by 101.6 Vijaya FM on Monday, April 27, 2020

 

Share.

Leave A Reply