घिरिङमा जीप दुर्घटना, गम्भीर घाइते बौदिकालि २ की पोखरेलको मृत्यु

0

१५ बैशाख । तनहुँको घिरिङ गाउँपालिका–५ बेलभञ्ज्याङमा हिजो साँझ करिव ५ बजेर ४० मिनेट जाँदा भएको जीप दुर्घटनामा गम्भीर घाइते एक जनाको मृत्यु भएको छ । चालक सहचालक सहित ७ जना सवार जीप नवलपुरको डेढगाउँबाट पोखरातर्फ ६ महिने वाकलको उपचारका लागि जाँदै थियो ।

ग १ ज ७५०२ नं को जीप अनियन्त्रित भई सडकबाट २०० मिटर तल खस्दा नवलपुर बैदिक कालिका गाउँपालिका–२ बस्ने २३ वर्षीया सन्जु पोखरेलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक लीलाराज लामिछानेले जानकारी दिनुभयो । उहाँको पोखरा स्थित गण्डकी अस्पतालमा उपचारको क्रममा निधन भएको हो ।

दुर्घटनामा घाइते हुनेहरुमा नवलपुर बैदिककालिका गाउँपालिका–२ बस्ने ५४ वर्षीया दिलमाया खत्री, सोही ठाउँ बस्ने २६ वर्षीया सुनिता खत्री, ७ वर्षीय अभिषेक खत्री, ६ महिनाका अनिल खत्री, जीपका चालक ३१ वर्षीय चामबहादुर दमै र सहचालक २१ वर्षीय सन्तोष परियार छन् । ६ महिनाका बालक अनिलको आँखाको उपचारका लागि पोखरा जाँदै गरेको जीप अनियन्त्रित भई सडकबाट खसेको प्रहरीले जनाएको छ । घाइतेमध्ये दिलमायाको अवस्था गम्भीर रहेको र अन्यको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ । गम्भीर घाइतेलाई थप उपचारका लागि पोखरा पठाइएको र अन्य घाइतेको भीमादस्थित शुभलक्ष्मी मेडिकल हलमा उपचार भइरहेको छ । चालक भने इलाका प्रहरी कार्याल भिमादमा रहेका छन् । उनको अवस्था सामान्य छ ।

Share.

Leave A Reply