घिरिङ दुर्घटना अपटेडः बौदिकालि २ को ६ महिने वालकको उपचारमा गएका थिए एकै परिवारका चार सदस्य

0

डोलराज रानाभाट, १५ बैशाख । ६ महिने बालकको उपचार गर्न हिँडेको जीप दुर्घटनामा परेपछि एकै परिवारका चार जना घाइते भएका छन् । आज साँझ ५ बजेर ४० मिनेट जाँदा नवलपुर जिल्लाको बौदिकालि २ डेढगाउँका ६ महिने बालक अनिल खत्री, उहाँको आमा २६ वर्षीय सुनीता खत्री, हजुरआमा ५५ वर्षीय दिलमाया खत्री, र बालकका दाई ७ वर्षीय अभिषेक खत्री घाइते हुनुभएको प्रहरी चौकी घिरिङ पोखरीछापका हवल्दार लोक व पुलामीले जानकारी दिनुभयो  ।

बौदिकालि २ बाट पोखरा हिँडेको ग १ झ ७५०२ नम्वरको जीप दुर्घटनामा परेको थियो । ड्राभइर वौदिकालि २ कै ३१ वर्षीय सामनारायाण दमाई नै साहु रहेको र उहाँलाई इलाका प्रहरी कार्यालय भिमादमा राखिएको छ ।

चालक र सहचालक सहित ७ जना सवारी जीप र्दुघटनामा घाइते बौदिकालि कै डेढगाउँकी तर पोखरा वस्दै आएकी सन्जु पोखरेलको अवस्था गम्भीर रहेको र  पोखरा रेफर गरिएको पुलामीले जानकारी दिनुभयो ।

अन्यको भिमादमा उपचार चलिरहेको र स्वास्थ्य अवस्था वारे आफूले पनि सम्पर्क गरिरहेको हवल्दार पुलामीले बताउनुभयो । सहचालक बौदिकालीका २१ वर्षीय सन्तोष परियारको खुट्टा भाँचिएको छ । प्रहरी चौकीबाट ७ किलोमिटर पर सडकबाट १ सय ५० मिटर तल वारीमा खसेको छ । घाँचमा ठोक्कीन लागेको जीप जोगाउँछु भन्दा अनियन्त्रीत भई छेउबाट वारीमा जीप खसेको र थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।  स्थानीय मनप्रसाद रानाभाटका अनुसार देउराली नजिकै दुर्घटना भएपछि स्थानीयको पहलमा उद्धार गरि उपचारका लागि पोखरा पठाइएको थियो । दुर्घटना हुनासाथ प्रहरीलाई पनि खवर गरिएको र डेढगाउ  र भिमादको एम्वुलेन्सबाट घाइतेको उद्धार गरिएको थियो । डेढगाउँको एम्वुलेन्समा सानो बालक सहित ४ जना र भिमादको एम्वुलेन्समा २ जना राखि उपचारका लागि पठाइएको रानाभाटले विजय एफएमलाई जानकारी दिनुभयो ।

Share.

Leave A Reply