ढाडमा गोली लाग्दा बुलिङटार ४ चुलिवोझाका एक जना घाइते, घटना शंकाष्पद, अनुसन्धान जारी

0

सांकेतिक तस्बिर

१५ बैशाखमा । नवलपरासी वर्दघाट सुस्ता पूर्वको बुलिङटार गाउँपालिका ४ अर्खलाको चुलीबोझा गाउँमा गोली लागेर एक जना पुरुष घाइते हुनुभएको छ ।

घाइते बुलिंटार गाउँपालिका ४ का ४६ वर्षीय नरबहादुर मगरको भरतपुर सरकारी अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय नवलपुरले जानकारी दिएको छ । हिजो दिउसो ४ बजेको समयमा भरुवा बन्दुकको गोली लागेर मगर घाइते हुनुभएको र उहाँको ढाडमा गोली लागेको प्रहरीले जनाएको छ ।

बन्दुक बोकी बादर लखेट्न जाने क्रममा अचानक लड्न गई उक्त बन्दुक पड्किदा उहाँ घाईते भएको प्रारम्भिक अनुसन्धान बाट खुल्न आएको र घटनास्थल बाट भरुवा वन्दुक १ नाल समेत बरामद भएको जिल्ला प्रहरी कर्यालय नवलपुरले जनाएको छ । तर अचानक लड्न गएकोमा ढाडैमा कसरी गोली लाग्यो भन्नेमा घटना थप शकाष्पद रहेको छ । गाउँमा राजनीतिक दबाब दिएर घटना लुकाउन खोजीएकोले सत्य तथ्य छानविन गर्न आवश्यक रहेको स्रोतले बताएको छ ।

दुम्सी मार्नका लागि वन्दुक हानेको तर व्यक्तिलाई लाग्न गई घाइते भएको घटनालाई आफै लडेर गोली लागेको भन्न वाध्य गराइएको स्रोतले बताएको हो । ढाडमा गोली लागेकाले घटना शंकास्पद रहेकोले अनुसन्धान जारी रहेको एसपी दीपक रेग्मीले बताउनुभयो । घर नजिकै जंगलमा बाबुछोरा भरुवा बन्दुक लिएर गएको जानकारी पाएको र घटनापछि जिल्लाबाट प्रहरी निरीक्षकको टोली त्यहाँ पुगेको उहाँले बताउनुभयो ।

Share.

Leave A Reply