राहत नपाएको गुनासो

0

बाँके

बाँके जिल्लाको कोहलपुरको एक परिवारले लकडाउनको समय आफूले केहीपनि राहत नपाएको गुनासो विश्वव्यापी फैलिएको नोबल कोरोना भाइरस ९ कोभिड ९ १९ ० ले गर्दा नेपालमा मिति २०७६ साल चैत ११ गते , मंगलबार , बिहान ६ बजेदेखि मिति २०७७ साल बैशाख २५ गते सम्म लकडाउन बढाईएको छ । अहिले नेपालको विभिन्न जिल्लामा राहत बाड्ने काम भइरहेको छ तर बाँकेको कोहलपुरमा बस्ने एक परिवारले आफूले राहत नपाएको गुनासो गरेका छन् ।
नेपालको प्रदेश नम्बर ५ मा पर्ने बाँके जिल्लाको कोहलपुर नगरपालिका ९, ११, नयाँ बस्ती , सुकुम्बासीमा बस्ने मग्या सार्की र पान्सरा सार्कीको घरपरिवारले आफूले अहिलेसम्म राहत नपाएको बताउनुभएको छ । उहाँहरू पहिला कर्णाली प्रदेशमा पर्ने मुगु जिल्लाको खतेड गाउँपालिका वडा नम्बर ९ मा बस्ने गर्नुभएको थियो । मग्या सार्की र पान्सरा सार्कीको एउटा छोरा र एउटी छोरी रहेका छन् , छोराको नाम सुरेन्द्र सार्की र छोरीको नाम मनिसा सार्की हो । छोरा चाहिँ अहिले विगत एक वर्षदेखि भारतको मिम्लामा मजदुरको काम गर्नुहुन्छ , उहाँ अहिले भारतमै रहनु भएको छ । मग्या सार्कीले आफ्नै घर नजिकै सडक पेटीमा जुत्ताचप्पल सिलाउने काम गरिरहनु भएको थियो तर अहिले लकडाउन भएको कारणले आफूले काम गर्न समेत पाउनु भएको छैन । आफ्नो घरपरिवारमा आर्थिक अवस्था परिरहेको समयमा अचानक लकडाउन भएपछि बिहान र बेलुकी छाक टार्न गाह्रो भएको बताउनुभएको छ । स्थानीय निकायले र सरकारी निकायले यस्तो विपतको समय पनि आफूहरुले कुनै ठाउँबाट पनि खाद्यान्न तथा राहत नपाएको गुनासो गर्नुभएको छ ।
सुरेन्द्र सार्की विगत एक वर्षदेखि भारतको मिम्लामा मजदुरको काम गर्ने गर्नुहुन्छ । अहिले उहाँले पनि काम गर्ने पाउनु भएको छैन । लकडाउनले गर्दा यता रकम कमाउन पाएको छैन , बुबाआमाको साहारा म नै थिए तर लकडाउन भएको कारणले नेपालमा बुबाआमा भोकभोकै बसिरहनु भएको छ , अहिलेसम्म केही राहत पनि पाउनु भएको छैन , यताबाट नेपालमा फोन गर्न पनि मोबाइल रकम नभएकोले कुराकानी पनि गर्न पाएको छैन , यता जति रकम कमाउथे घरमै पठाउथे तर लकडाउनले गर्दा रकम पठाउन समेत पाएको छैन , नेपालमा आफ्नो खेतबारी समेत छैन , दिनमा मजदुर काम गरेर छाक टार्थे तर लकडाउनले गर्दा घरपरिवारको अवस्था निकै नाजुक रहेको छ भनेर सुरेन्द्र सार्कीले बताउनुभयो । अब लकडाउन खुल्न साथै म नेपाल आफ्नै घरमै फर्किने छु भनेर सुरेन्द्र सार्कीले भन्नुभएको छ ।
यदि देश तथा विदेशबाट केही रकम वा सहयोग पठाउन इच्छुक व्यक्तिहरुले अथवा संघसंस्थाले तल दिएको नम्बर सम्पर्क गर्नुहोस्
मग्या सार्की ९८६४८७३५१६
निराज रानाभाट सामाजिक अभियान्ता ९८४५४२२५०२ वा ९८०९१८९१११

Share.

Leave A Reply