कोरोनाबाट ज्यान जानेको संख्या दुई लाख नाघ्यो

0

गैँडाकोट, १३ वैशाख । विश्वभरि फैलिरहेको कोभिड १९ को संक्रमणबाट विश्व यति बेला आक्रान्त भएको छ । यस संक्रमणबाट विश्वभरि करिब साढे २८ लाख ६७ हजार मानिस संक्रमित भएका छन् । जस मध्ये ८ लाख ११ हजार बढी मानिस निको भएर घर फर्किएका छन् । अहिले करिब १७ लाख ८९ हजार मानिसको अवस्था मध्यम रहेको छ । करिब ५८ हजारको अवस्था गम्भिर रहेको छ भने यस संक्रमणबाट २ लाख ४ सय बढी मानिसले ज्यान गुमाइसकेका छन् ।
नेपालमा संक्रमितको संख्या ४९ पुगेको छ भने एक दर्जन निको भएर घर फर्किएका छन् । यस संक्रमणको संभावित जोखिमलाई कम गर्न सरकाले लकडाउन गरिरहेको छ । आज लकडाउन गरेको एक महिना दुई दिन भएको छ । लकडाउनको अवधि बैशाख १५ गते सम्म रहेको छ । लकडाउनको अवधि अझै लम्बिन्छ कि रोकिन्छ धेरैको चासोको विषय बनेको छ । आज कोरोना भाइरस संक्रमण तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले भने यसको निर्णय मन्त्रीपरिषद्ले गर्ने जनाएको छ ।

Share.

Leave A Reply