चीनबाट भारत हुँदै आएका कण्टेनर गैँडाकोट प्रवेश, स्थानीय आक्रोशीत

0


गैँडाकोट । चीनबाट भारत हुँदै आएका कण्टेनर गैँडाकोट १ प्रवेश गरेपछि आदर्श टोलका स्थानीयले विरोध गरेका छन् । चीनबाट ल्याइएका नेपाल टेलिकमका फोरजी सेवाका सामाग्री बोकेर आएका कण्टेनर प्रवेशले स्थानीयको स्वास्थ्यमा खेलवाड गरिएको स्थानीयको आरोप रहेको छ । पहिलो चरणमा साँझ परेपछि आएका ४ वटा कण्टेनरलाई स्थानीयले बाँकी गाडी नल्याउने सर्तमा गैँडाकोट १ आदर्श टोल बृटिशक्याम्प नजिक रहेको गोदाममा लैजान सहमति जनाएका थिए ।


प्रहरी प्रशासन, जनप्रतिनिधि र स्थानीयको सहमतिमा ४ वटा गाडी बाटोमा रोक्दा झन् संक्रमणको डर हुने भन्दै गोदाम प्रवेश गराइएको थियो । तर अटेर गरी कम्पनीले बाँकी गाडी पनि ल्याएपछि स्थानीयले विरोध जनाएपछि अरु गाडी फिर्ता गराएका छन् । प्रशासनले स्वीकृति दिएर ल्याइएको हो भने स्थानीयको स्वास्थ्यमा प्रशासनले खेलवाड गरेको स्थानीयको आरोप रहेको छ । खाद्यान्न, औषधी जस्तो अत्यावश्यक चीज नभएका कारण चीन भारत हुँदै आउने अन्य सामाग्री ढुवानीमा स्वीकृति दिन हतार नगर्न स्थानीय निकायलाई समेत स्थानीयले आग्रह गरेका छन् ।


चीनबाट भारत हुँदै आएका सामाग्रीको लोड अनलोड गर्ने काममा स्थानीयको समेत संग्लनता रहेको भन्दै सेल्फ क्वारेण्टाइनमा तिनिहरुलाई राख्न स्थानीयको माग रहेको छ ।

Share.

Leave A Reply