चितवन सिटि मर्सि लायन्स क्लबको अध्यक्षमा मेनका चापागाई  काप्री

0

चितवन सिटि मर्सि लायन्स क्लब, चितवनको यहि बैशाख १२ गते सम्पन्न चौथो साधारण सभा तथा अधिबेशनले लायन मेनका चापागाई काप्रीको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मतरुपमा चयन गरेको छ । क्लबका अध्यष लायन उमा तिमिल्सीना सुबेदीको अध्यक्षतामा भिडियो कन्फ्रेन्सिंगबाट बसेको साधारण सभाले बर्ष २०२०।२१ का लागि नयाँ कार्यसमिति चयन गरेको हो । नवनिर्वाचित समितिको प्रथम उपाध्यक्षमा कमला श्रेष्ठ, द्वितीय उपाध्यक्षमा उषा खरेल सुबेदी, तृतिय उपाध्यक्षमा सुमित्रा बराल लोहनी, सचिवमा पबित्रा आचार्य गौतम, कोषाध्यक्षमा पानु श्रेष्ठ, सह सचिवमा बिमला लोहनी र सह कोषाध्यक्षमा सिता अधिकारी निर्वाचित हुनुभएको निर्वाचन समितिका संयोजक लक्ष्मि पन्तले बताउनु भयो । यसै गरी अधिबेशनले लक्ष्मि रिमाल पौडेलको संयोजकत्वमा पाँच सदस्यीय सल्लाहकार समिति समेत गठन गरेको छ ।

Share.

Leave A Reply