नवलपुरका पत्रकारको समस्या समाधानमा महासंघ हाजिर छ ः अध्यक्ष रानाभाट । आरडिटी र पिसिआर परीक्षणको व्यवस्था मिलाउन आग्रह

0

१३ बैशाख । नेपाल पत्रकार महासंघ नवलपरासी बर्दघाट सुस्ता पूर्व (नवलपुर) का अध्यक्ष होमराज रानाभाटले जिल्लामा रहनुभएका पत्रकारहरुको समस्या समाधानमा महासंघ सदैव तयार रहेको बताउनु भएको छ । अरु समय भन्दा अहिले विश्व महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस कोभिड १९ र लकडाउनले पत्रकारलाई परेको समस्या समाधानमा अझ वढि सचेत र सतर्क रहेको भन्दै महामारीमा पनि अग्रपंक्तिमा रहेर समाचार संकलन मार्फत आम जिल्लाबासीको मन जित्न सफल हुनुले पत्रकारिता गौरब गर्ने अबस्थामा आएको भन्दै खुशी ब्यक्त गर्नुभएको छ । आज विज्ञप्ती जारी गर्दै अध्यक्ष रानाभाटले अग्रमोर्चामा रहेर समाचार पस्कने योद्धा पत्रकारहरुलाई सुरक्षाका उपायहरु प्रयोग गरेर मात्रै फिल्डमा जान अनुरोध गर्नुभएको छ ।

स्वास्थ्य सम्वन्धी असुरक्षित वातावरणको वीच पत्रकारहरुले खेलेको भूमिकामा समुदायले गरेको विश्वासले अझ जिम्मेवारी वढाएको भन्दै फिल्डमा खटिने पत्रकारहरुका लागि केही सीमित सुरक्षा सामाग्री हस्तान्तरण गरेको बताउनुभयो । सुरिक्षत हुने सबै खाले विधिहरु अपनाएर अघि बढ्नुको बिकल्प नभएको भन्दै नपुग र फिल्डमा खटिने पत्रकारका लागि पुन स्वास्थ्य सामाग्री सहयोग गर्ने प्रतिवद्धता पनि जनाउनुभएको छ ।

अहिले लकडाउनका कारण यदि जिल्लामा रहने पत्रकारहरुलाई समस्या परेको भए महासंघमा वा आफ्नो व्यक्तिगत फोन नम्वर वा मेसेन्जर मार्फत पनि समस्या बताउन सकिने भन्दै महासंघ श्रमजीवि पत्रकारहरुको अभिभावक भएकाले समस्या नलुकाउन आग्रह गर्नुभयो । समस्या बताउनासाथ आफू समाधानमा सदैव तयार रहेको उहाको भनाई छ ।

सधैँ सूचना र संचार मार्फत जनतालाई सुसूचित गराउने पत्रकारहरुको सहयोगका लागि नेपाल पत्रकार महासंघलाई नवलपुरका कुनै पनि स्थानीय सरकार, जिल्ला प्रशासन कार्यालय, जिल्ला स्वास्थ्य कार्यालय लगायत ,बिभिन्न संघ संस्था कसैबाट पनि कुने पनि सहयोग नहुनु दुखद भएको भन्दै सधैं अग्रमोर्चामा रहने पत्रकारलाई सुरक्षा सामाग्री दिन नसक्नु र आबश्यकता नठान्नु हामी आम पत्रकारका लागि दुखको बिषय ठानेका छौं, विज्ञप्तीमा भनिएको छ ।

साथै यो बिषम अबस्थामा कुनै पनि मिडिया हाउसले कार्यरत पत्रकारको रोजी रोटी नखोस्न ,काममा लगाउन र पत्रकारिता को सम्मान गर्न पनि आग्रह गरिएको छ । पत्रकारको रोजीरोटी खोस्ने र दुख दिने काम बन्द गर्न संचार गृहका सबै नेतृत्वको गम्भीर ध्यानाकर्षण गराउँदछौं विज्ञप्तीमा भनिएको छ ।

साथै अहिले दिन रात समाचार संकलनमा खटिने जिल्लाका सबै संचारकर्मीको आरडीटी र पीसीआर परिक्षणको ब्यबस्था मिलाउन जिल्ला प्रशासन कार्यालय ,जिल्ला स्वास्थ्य कार्यालय पूर्बी नवलपरासीको गम्भीर ध्यानाकर्षण गराउदै जिल्लाका क्रियाशील पत्रकारहरुलाई अबिचलित नभई यो महामारीमा सहि र तथ्यगत सूचना प्रबाह गरेर जनताका मन जित्न आग्रह गरिएको छ ।

Share.

Leave A Reply