जयश्री फुड्स प्रालीद्धारा गैडाकोट ९ का २२५ घरपरिवारलाई राहत वितरण

0

१२ बैशाख । जयश्री फुड्स प्रालीले आज गैडाकोट ९ मा राहत वितरण गरेको छ । वडाको समन्व्यमा २२५ विपन्न परिवारलाई कम्पनीको तर्फबाट राहत वितरण गरेको प्रवन्धक अमित अग्रवालले जानकारी दिनुभयो । लकडाउनको समय दैनिक रोजीरोटी गुमेर समस्यामा परेको परिवारलाई सामाजिक दायित्वमा रहेर सहयोग गरेको अग्रवालले जानकारी दिनुभयो । सामाजिक कार्यका लागि स्थापना भएको जयश्री च्यारिटीबाट उक्त सहयोग गरेको उहाँले बताउनुभयो । प्रति परिवार ५ किलो चामल, चिउरा मस्यौरा,तेल र सावुन वितरण गरेको र यसले दैनिक जीवन संचालनमा सहयोग पुग्ने विश्वास लिएको अग्रवालले बताउनुभयो । अग्रवालले गैडाकोटमै पहिला विजय एफएमसँगको कार्यक्रम विजय विशेषमा कुराकानी गर्दै समस्यामा परेका नगरभित्रका ५ सय परिवारलाई राहत वितरणको लागि तयार रहेको बताउनुभएको थियो । सरकारको एकद्धारा प्रणालीलाई पालना गरी वडाको समन्वयमा राहत वितरण गरिएको हो ।

Share.

Leave A Reply