गैडाकोट ४ बाट हराइएकी महिला फेला परिन

0

१२ बैशाख । गैडाकोट नगरपालिका वडानम्वर ४ मा बस्ने २९ वर्षीय एक महिला फेला पर्नुभएको छ । गत वैशाख १० गतेदेखि हराउनुभएको २९ वर्षीय देवी लुङ्गेली मगर आज भेटिनुभएको हो । आज उहाँलाई कालिका मन्दिर फेदीको केही माथिको भागमा भेटिएको वडाअध्यक्ष कृष्ण न्यौपानेले जानकारी दिनुभयो । अवस्था सकुसल रहेको परिवारले जानकारी दिएको छ । हिजो घाँस काट्न जानेहरुले देखेको र त्यसपछि परिवारलाई जानकारी आएपछि गणेश मन्दिर नजिक उहाँ फेला पर्नुभएको उहाँको दिदी हुमी थापा मगरले जानकारी दिनुभयो । उहाँको खोजीमा सहयोग गर्ने सवैमा उहाँले धन्यवाद व्यक्त गर्नुभयो ।

Share.

Leave A Reply