थप तीन जनामा कोरोना संक्रमण पुष्टिसँगै संक्रमितको संख्या ४८ पुग्यो

0

११ बैशाख । नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको सख्या ४८ पुगेको छ । आज मात्रै ३ जना नयाँ संक्रमित देखिएसँगै कुल सख्या ४८ पुगेको हो । उदयपुरकी ५५ वर्षीया महिला र जनकपुरका १४ वर्षीय किशोरमा दिउसो संक्रमण देखिएको र साँझ भोजपुरको हथुवागढीका २६ वर्षीय पुरुषमा कोरोना संक्रमण भेटिएको हो । उदयपुरकी संक्रमित त्रियुगा नगरपालिका ३ भुल्केकी रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । वोझपुरका पुरुषको थ्रोट स्बावको परीक्षण बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको थियो । संक्रमित व्यक्ति विदेशबाट आएको भनिए पनि थप विवरण आइसकेको छैन ।

यसैविच कोरोना बाट निको हुनेको सख्या १० पुगेको छ । आज मात्रै तीन जना संक्रमित रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज गरिएको छ । कोरोना संक्रमित कैलालीकी ५० वर्षीया महिला पनि उपचारपछि निको भएर घर फर्कनुभएको छ । लम्कीचुहा नगरपालिका वडा नम्वर १ की ५० वर्षीया महिलालाई आज सेती प्रादेशिक अस्पतालले डिस्चार्ज गरेको हो । उहाँ चौथो संक्रमित हो । यसअघि उहाको रिपोर्ट दुई पटकसम्म पोजेटिभ आएको थियो ।

तर, बुधबार र बिहीबार नेगेटिभ रिपोर्ट आएपछि घर पठाइएको हो । यस्तै आजै पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्टका दुई जना कोरोना संक्रमितहरु उपचारपछि घर फर्किएका छन् । पाटन अस्पतालमा उपचार गराइरहनुभएको पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्टका आमा र छोरा निको हुनुभएको हो । ५८ वर्षीय छोरा र ८१ वर्षीय आमा निको हुनुभएको हो । उहाँहरुमा वैशाख १ गते कोरोना पुष्टि भएको थियो । यो परिवारका तीन जना ५ चैतमा बेलायतबाट नेपाल आएका थिए । नेपाल आएको २८ दिनपछि १ वैशाखर्मा यापिड टेष्ट गर्दा उनीहरुमा एन्टिबडी पोजेटिभ देखिएको थियो ।

त्यसलगत्तै सनसिटी अपार्टमेन्ट सिल गरी उनीहरुलाई पाटन अस्पताल भर्ना गरिएको थियो । उनीहरुको परिवारकी ५२ वर्षीया बुहारीमा पनि कोरोना संक्रमण हुनसक्ने भएकाले स्वास्थ्य परीक्षण गरिएको थियो । तर रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज गरिएको थियो । यता धनगढी उपमहानगरपालिका वडा नम्वर ५ की ३४ वर्षीया महिला मात्रै सेती अञ्चल अस्पतालको आइसोलेसनमा हुनुहुन्छ उहाँ निको भएर घर गएका धनगढी ५ का पुरुषको भाउजू हुन् । यसअघि लम्कीचुहाकै २१ वर्षीय युवक, धनगढी उपमहानगरपालिका वडा नम्बर ५ का ३४ वर्षीय पुरुष र कञ्चनपुर बेदकोटका ४१ वर्षीय युवक निको भएर घर गईसक्नुभएको छ ।

Share.

Leave A Reply