बुलिङटार गाउँपालिकामा आरडिटी परीक्षण सकियो, सवैको नतिजा नेगेटिभ

0

मनप्रसाद भाट, ११ बैशाख । बुलिङ्टार गाउँपालिकामा गरिएको आर डि टि परिक्षण सम्पन्न भएको छ । आज वडा १ र २ मा गरिएको आरडिटी परीक्षण सँगै सवै वडामा विदेश र तराईबाट आउनेहरुको परीक्षण सम्पन्न भएको हो ।

सवैको नतिजा पनि नेगेटिभ आएको छ । आज वडानम्बर १ मा ९ जना र २ मा २३ जनाको परीक्षण गरिएको वडा नम्वर २ का वडाअध्यक्ष प्रेमबहादुर थापाले जानकारी दिनुभयो । बैशाख ९ गतेदेखि सुरु भएको परीक्षणको सुरुमा गाउँपालिकाका ३, ५ र ६ नम्वरमा कुल १४५ जनाको परीक्षण गरिएको थियो भने हिजो वडानम्वर ४ को गोरखकाली मावि केन्द्रमा ९४ जनाको परीक्षण गरिएको थियो । सवैको नतिजा नेगेटिभ आएको स्वास्थ्य शाखा प्रमुख अशोक कुमार श्रेष्ठले बताउनुभयो ।

अहिले सम्मको नतिजा सबै नेगेटिभ आएकोले अबका दिनमा लकडाउन लाई कडाइ गर्ने र थप कोहि बाहिर बाट नयाँ आए कोरेन्टाइनमा राखी परिक्षण गर्ने गाउँपालिकाका अध्यक्ष शशीकिरण बस्ताकोटीले जानकारी दिनुभयो । स्वस्थ शाखा प्रमुख अशोक कुमार श्रेष्ठ ले कोहि ब्यक्ति लाई ज्वरो आए तुरुन्त स्वस्थ्य केन्द्रमा सम्पर्क राख्न पनि अनुरोध गर्नुभएको छ । यसैविच नवलपुर जिल्लाभर हालसम्म ४७ जनाको स्वाव पिसीआर विधिवाट परीक्षण गरिउको छ ।

हालसम्म सवैको नतिजा नेगेटिभ आएको जिल्ला स्वास्थ्य कार्यालय नवलपुरका प्रमुख केशव चापागाई ले जानकारी दिनुभयो । त्यस्तै आजमात्र ४५ जनाको आरडिटीबाट परीक्षण सम्पन्न भएको छ । सवैको नतिजा नेगेटिभ रहेको छ । जिल्लामा ८६८ जना विदेशबाट आएको र अहिलेस्म्म सवैको अवस्था समान्य रहेको छ ।

रातह वितरण पनि सुरु

बुलिङटार गाउँपालिकाले लकडाउका कारण मर्कामा परेको विपन्न आर्थिक अवस्था भएका जनतालाई राहत विरतण गरेको छ । हाम्रा बुलिगटार संवाददाता मनप्रसाद भाटका अनुसार गाउँपालिकाभित्रका ६ वटा वडाका १ हजार ३ सय घर परिवारलाई राहत वितरण गरिएको हो । प्रति घरधुरी २५ किलो जिरा मसिनो चामल,१ किलो नुन, १ किलो दाल, तेल सहयो गगरेको हो । वडा समिति मार्पत सवै राहत वितरण गरेको गाउँपालिका अध्यक्ष शसिकिरण वस्ताकोटीले जानकारी दिनुभयो ।

अध्यक्ष वस्ताकोटीका अनुसार राहत वितरण अघि वडा समिति मार्फत विवरण स.कलन गरिएको र संकलित नामावली कार्यपालिका वैठकले अनुमोदन गरेपछि राहत वितरणको कार्य सुरु गरिएको हो । नामावली संकलनमा विपन्न परिवार छुट्न गएको र उहाँहरुलाई पनि पछि वितरण गर्नेगरी काम भइरहेको वडानम्वर ३ का अध्यक्ष यम वहादुर झेडीले जानकारी दिनुभयो ।

Share.

Leave A Reply