सफा सुन्दर हरियाली गैंडाकोटद्वारा कावासोतिमा खाध्यान्न सहयोग

0

अजय पौडेल, बैशाख ११ । गैंडाकोटमा बिगत एक बर्ष देखि सामाजिक कार्य गर्दै आइरहेको सफा सुन्दर हरियाली,निरन्तर शनिबार अभियानले आज मातातिर्थ औंशीको दिन कावासोतीमा रहेको आश्रममा खाध्यन्न सहयोग गरेको छ । नवलपुरको सदरमुकाम कावासोती १३ मा रहेको लक्ष्मीनारायण आश्रममा ५० किलो चामल, ५ किलो दाल,५ लिटर तेल,तरकारी, फलफूल तथा आश्रमका आमाहरुलाइ नगद र सारी हस्तान्तरण गरेको अभियानका संयोजक गणेश सापकोटाले जानकारी दिनुभयो ।

सो कार्यक्रममा कावासोती वडा नम्बर १२ का वड अध्यक्ष बिनोद रानामगर,समाजसेवी महेन्द्र पोख्रेल,सुर्य गुरुङ , अभियानका अभियन्ता श्याम बन लगायतको उपस्थिति रहेको थियो । खाध्यान्न सहयोग गर्दै अभियानका संयोजक सापकोटाले आफ्नो उर्जाशिल समयमा समाज र देशलाइ सेवा गरेका आमाहरुलाइ सेवा गर्न पाउँदा खुसी लागेको बताउनुभयो । उहाँले यसरी वृद्ध आमाहरुलाइ बृद्धआश्रममा आउनु नपर्ने बाताबरणको बिकास हुनुपर्नमा र राज्यले यो बिषयमा बेलैमा सोच्नुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा उपस्तिथि अन्य अतिथिहरुले पनि हरियाली अभियाले गरेको सामाजिक कार्यको प्रशंसा गर्दै अझै सामाजिक कार्यहरु गर्न शुभकामना दिनुभयो ।

खाध्यान्न प्राप्त गरिसकेपछि आश्रमका संचालक तथा त्यहाँ बस्ने वृद्ध आमाहरुले लकडाउनको समयमा गरेको यो सहयोगले आफू हरुलाइ थप राहत मिलेको बताउनुभयो ।

Share.

Leave A Reply