समाजसेवी पराजुलीद्वारा जन्मदिनको अवसरमा देवघाट र गैंडाकोटमा सहयोग

0

अजय पौडेल , बैशाख ११।  मानिसको जन्मदिन हरेक बर्ष आउँछ, कोहिले केक काटेर अथवा भोज गरेर मनाउछन त कोहिले सामाजिक कार्य गरेर । सामाजिक कार्य गर्दै बिपतमा परेकाहरुसंग आज गैंडाकोटका समाजसेवी कमलप्रसाद पराजुलीले जन्मदिन मनाउनुभको छ।

नेपाली काङ्ग्रेसका जिल्ला कार्यसमिति सदस्य समेत रहनुभएका पराजुलीले आज बिहान देवघाटमा रहेको राम जानकी बालिका आश्रमका बालिकाहरुसंग जन्मदिन मनाउनु भएको हो। आश्रममा जन्मदिन मनाउन पुग्नुभएका पराजुलीले ५० किलो चामल,१५ लिटर तेल,१५ किलो आंटा,तरकारी तथा फलफुल सहयोग गरेका हुन । देश लकडाउनमा रहेको बेला आश्रममा अफ्ट्यारो अवस्था नआओस भनेर आफू जन्मदिन मनाउन देवघाट आएको पराजुलीले बताउनुभयो ।

आजै पराजुलीले गैंडाकोट वडा नम्बर ७,८ र ९ का अति विपन्न ४५ घरपरिवारलाई राहत बितरण गर्नुभएको छ। ३ ओटै वडाहरुसंग समन्वय गरेर राहत वितरण गरिएको पराजुलीले बताउनुभयो । सेवा नै धर्म हो भन्ने भावलाई आत्मसात गर्दै जन्मदिनको अवसरमा राहत वितरण गरेको पराजुलीले बताउनुभयो ।

राहत वितरण कार्यक्रममा नेपाली काङ्ग्रेस नवलपुर क्षेत्र नम्बर १ का सभापति द्रोण बन सन्यासी, नेपाली काङ्ग्रेस गैंडाकोट नगर सभापति तारापती खरेल,नेबिसंघ पुर्ब केन्द्रिय सदस्य गोकुल सापकोटा , नेबिसंघ नवलपुरका अध्यक्ष राजेश पौडेल,सचिव सुशील काफ्ले , गैंडाकोट वडा नम्बर ४ का वडा सदस्य तेजप्रसाद घिमिरे, गैंडाकोट वडा नम्बर ९ का वडा सदस्य धर्मराज सापकोटा, गैंडाकोट वडा नम्बर ७ की वडा सदस्य छलिमाया बिक, गैंडाकोट वडा नम्बर ८ की वडा सदस्य सुशीला परियार, तरुण दल नवलपुरका सचिव गोपाल सापकोटा, पराजुलीकि धर्मपत्नी रुपा पराजुली लगायतको उपस्थिति रहेको थियो ।

पराजुलीले केही दिन अगाडी गैंडाकोट वडा नम्बर १ र ४ का ५३ घरपरिवार लाई पनि राहत सामाग्री हस्तान्तरण गर्नुभएको थियो ।

Share.

Leave A Reply