के हो त कोरोना भाइरस ? के यो निर्जिव हो ? कि सजिव !

0

कोरोना भाइरस (सार्स –कोभ –2)  अति नै सुस्म जीवाणु हो । यसलाई निर्जिव भन्नमिल्दैन, यी शरीरको कोष भित्र रहँदाजीवझै गरी आफ्नो जिवनचक्र पुरा गरी संख्या वृद्धि गर्दछन् र शरीर बाहिर निर्जीव अवस्थामा रहन्छन्।

कोरना भाइरसको संरचना हेर्ने हो भने यो भाइरसको केन्द्रि भागमा आर.एन.ए (RNA) रहेको हुन्छ जसलाइ प्रोटिनले बनेको आवरणले घेरीएको हुन्छ जसलाइ क्यापसिड (capsid) पनि भनिन्छ । आर.एन .ए र क्यापसिडको मेललाइन्यूकिलीयो (Nucleocapid) क्यापसीड भनिन्छ। सबभन्दा बाहिरको आबरण प्रोटिन र बोसो वाचिल्लो पदार्थ मिलेर बनेको हुन्छ जसलाइ इनभेलोपभनिन्छ र यो बाहिरी आबरणबाट निस्केकोसुर्यको किरण जस्तो रहेको भागलाइ (Spike) भनिन्छ । यहि स्पाइकको माध्यमबाट भाइरस शरीर भित्र कोषमा टासिन्छ।

शरीरको कोष भित्र यी जिवित हुन्छन् र कोष बाहिर यी जीवाणु निष्कृय र निर्जीव हुन्छन । हरेक जीवाणु शरीरमा प्रवेश गरिसकेपछी कोष भित्र छिदर्छन किनभने यी जीवाणुहरुले आफ्नो जिबनचक्र पुरा जीवित कोष भित्र मात्र गर्न सक्दछन्। संक्रमित ब्यत्तिले खोक्दावा हाँछ्यु गर्दा निस्केका छिटाहरुमा यी जिवाणुहरु रहेको हुन्छन् जसले नजिकै बसेको स्वास्थ मानिसको शरीरमा नाक,मुख र आखाँबाट प्रवेश गर्दछ र स्वासप्रशासको माध्यमबाट फोक्सोमा पुग्दछ् । आँखाबाट भन्दा नाक र मुखबाट भाइरस छिटो आफ्रनो गन्तव्य स्थानफोक्सोम पुग्न सक्छ। यी जीवाणुहरुले श्वासप्रश्वास सम्वन्धि रोग लगाउने भएकाले फोक्सोका कोषहरुमा गएर पहिला टासिन्छन , त्यसपछि कोष भित्रप्रवेश गर्छन र आफ्नो संख्या वृद्धि भएपछी सो कोषलाइ फूटाएर वा कोषको बाहिरीआवरण साथैमा लिएर बाहिर निस्किन्छन् र अन्य कोषहरुमा गएर टासिन्छन् फेरी पुन जिबनचक्र आगाडी बढाउदछन् र केहि जीवाणु रगत नलि हुदै रगतमा पुग्छन् ।

तातोपानी पिउनाले कोरोना भाइरस मर्छ वा निष्कृय हुन्छ भन्ने कुरो आधार बिहिन हो । धेरै जसो सामाजिक सन्जालवा सन्चार माध्यममा तातो पानीले घाँटीमा रहेका भाइरस वा जीवाणुलाई मादर्छ वा पखालेर लैजान्छ त्येसैले समय समयमा तातोपानी पिउनु पर्दछ र साथै तातो पानीले नुहाउने हातधुने गर्नुपर्दछ भन्ने कुरा चर्चामा आएको छ जसको कुनै दरिलो आधार छैन ।

हो ,चिसो लाग्दा रुघाखोकी लाग्दा तातो पानी पिउनु स्वास्थ्यको लागि लाभदायक हुन्छ किनभने तातोपानीले घाटीमा केहि सुन्नीएको अवस्थावा घाऊ भएमा केहि राहतवा पिडाबाट छुट्कारा दिन्छ तर अहिलेसम्मत्यस्तो कुनै अनुसन्धान वा अध्ययन भएको पाइदैन ।जसले तातोपानी पिउनाले कोरोना भाइरस मदर्छ भन्ने तर्कलाई सार्थकता दिओंस ।

तातो पानी पिउनाले वा तातोपानी बाट कुल्ला गर्नाले कोरोना जीवाणु मरीहाल्ने भन्ने कुरा गलत हो किनभने एक त जीवाणु कोष भित्र रहेका हुन्छन् र पानीले पखालेर जाने भन्ने कुरा हुदैन र दोश्रो तातो पानी पिउनाले शरीरको तापक्रम बढदैन, मानब शरीरको सामान्य तापक्रम ३७ डिग्री (९९.८ डिग्री ‚रहेको हुन्छ र यो तापक्रम भनेको जीवाणुको लागि आफ्नो संख्या बृद्धि गर्ने वा जिबन प्रक्रिया आगाडी बढाउन निकै उपयुक्त हुने तापक्रम हो ।

केहि अध्ययन अनुसन्धान अनुसार ५६ डिग्री वा १३२.८ फरेनहाइट तापक्रमले अहिलेको नोबेल कोरोना जीवाणु संग हल्का मेल खाने SARS Virus (सार्स भाइरस) लाइ निष्कृय पार्न सक्दछ, र ६०– ६५ डिग्री वा १४० – १४९ फरेनहाइट तापक्रम अझ बढी प्रभाबकारी हुन्छ भन्ने कुरा देखाएको छ । ७० डिग्री (१५८ फरेनहाइट‚माखानापकाउदावातताउदा , खानामा रहेका जीवाणुहरु नष्ट हुन्छन् तर त्यति धेरै तापक्रमले हाम्रो शरीर र छालामा नकरात्मक असर पादर्छ, धेरै नै तापक्रम भएको तातो पानी हामीले पिउन पनि सक्दैनौं पोल्छ ,छाला उकिन्छ र जिब्रोको स्वाद हराउछ यो कुरा सम्भब छैन । तसर्थहल्का मन तातो पानीपिउनु अन्य हिसाबले लाभदायक नै हो तर यसले कोरोना जीवाणु मर्दैन ।

रक्सी (अल्कोहल) पिउनाले कोरोना भाइरस मदर्छ भन्ने कुरा पूर्ण रुपमा गलत हो ,अल्कोहललाई अस्पतालमा बिरामीलाई सुईदिनु अघि छालामा प्रयोग गरिन्छ साथै कुनै शल्यक्रिया गर्नु अघि डाक्टर, नर्सहरुले हात हरुमा किटाणु मार्नको लागि प्रयोग गर्दछन । यो एक प्रकारको किटाणु नासक केमिकल हो ।
बिभिन्न खालको अल्कोहलहरु किटाणु मार्नका लागि प्रयोग गरिन्छ । जस्तै इथ्यानोल (Ethanol) प्रोप्यानोल (Propanol) आइसो प्रोप्यानोल (Iso-Propanol) इत्यादी त्यो पनि ७०% इथ्यानोलआइसो प्रोप्यानोल प्रभाबकारी देखिन्छ ।
हामीले पिउने रक्सी, व्हिस्की (Whisky)  ४०–४५ % सम्म हुन्छ र त्यो पनि पेट र आन्द्रामा शोषण हुन्छ । जबकी कोरोना भाइरस ले लगाउने रोगश्वास प्रस्वास संग सम्बन्धित रोग हो ।
WHO को अनुसार अल्कोहलको प्रयोगले कोरोना भाइरसलाई मार्न सकिन्छ भन्ने कुरा सत्य हो । तर यसको अर्थ पिउनाले मदर्छ भनेको चाहीँ पटक्कै होइन । हाम्रा हातहरुमा प्रत्यक्ष रुपमा अल्कोहल प्रयोग गर्नाले वा बजारमा पाइने अल्कोहल युक्त Hand sanitizer वा Hand Rubs को प्रयोगले भाइरसलाई मार्न सकिन्छ भनेको हो ।
तसर्थ रक्सी वाव्हिस्की पियर कोरोना संक्रमण निको हुदैन उल्टै रक्सी धेरै पिउने मान्छेमा रोग संग लडने प्रतिरोधात्मक क्षमता कम हुनसक्छ । तसर्थ रक्सी बढी सेवन गर्ने मान्छेमा भाइरसको संक्रमण हुने खतरा बढी देखिन्छ ।
त्यस्तै कति ठाउँमा Dettol खाएर पनि मानिसलाइ असर गरेका समाचार सुनेका छौ। तसर्थ तातो पानी रक्सी sanitizer, dettol, पियर शरीर भित्र भाइरस मर्ने होइन तर यि चिजलाइ बाहिर प्रयोग गर्न मिल्छ । यसकारण विश्व स्वास्थ्य संगठनले दिएका रोकथामका उपायहरु अपनाउने, सामाजिक दुरी कायम राख्नु, साबुनपानिले हातधुनु वा ७० प्रतिशत अल्कोहल भएको स्यानिटाइजरको प्रयोग गर्नुनै मुख्य रोकथामका उपायहरु हुन् ।यसबाट आफु बचौ र अरुलाइ पनि बचाआंै ।

Share.

Leave A Reply