आज १४औँ लोकतन्त्र दिवस, कोरोनाका कारण औपचारिक कार्यक्रम छैनन,नेताका कारण जनतामा उत्साह छैन

0

११ बैशाख । आज १४ औँ लोकतन्त्र दिवस । अर्थात् लोकतन्त्र आएको पनि १४ वर्ष भयो । उन्नाईस दिने जनआन्दोलनको बलमा लोकतन्त्र स्थापना भएको दिनको सम्झनामा लोकतन्त्र दिवस मनाइँदैछ आएको छ । तर यस पटक कोरोना भाइरसबाट बच्न जारी बन्दाबन्दीका कारण औपचारिक कार्यक्रम हुन नसके पनि २०६३ वैशाख ११ गते अर्थात् आजैका दिन राजाबाट खोसिएको अधिकार जनआन्दोलनको शक्तिका कारण पाएकाले लोकतन्त्र दिवसको विशेष महत्व छ ।

जनयुद्ध भइरहेको समय राज विरेन्द्र सहितको परिवारको हत्या भयो । कसले हत्या गर्यो त्यो गर्भमै रह्यो भने विसं २०५९ असोज १८ गते जननिर्वा्चित प्रधानमन्त्रीलाई तत्कालीन राजा ज्ञानेन्द्रले अपदस्थ गरी आफूखुशी कार्यकारी प्रमुख तोक्न थालेका थिए ।

आफूखुशी तोकिएका प्रधानमन्त्रीबाट समेत सन्तुष्ट नभई २०६१ माघ १९ गते मन्त्रिपरिषद्को अध्यक्षसमेत राजा नै बनेपछि आममानिसमा राजतन्त्रप्रति वितृष्णा बढ्दै गयो भने दलहरुमा पनि राजविरुद्ध रहन थप प्रेरणा मिल्यो । राजाको कदमले असन्तुष्ट सात दल र सशस्त्र जनयुद्ध गरिरहेको नेकपा माओवादीबीच २०६२ मङ्सिरमा १२ बुँदे समझदारी गरी आन्दोलनको बातावरण मिलाइएको थियो । नेपाली काँग्रेसका तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा भएको आन्दोलनमा लाखौँ मानिस सडकमा उत्रिएपछि २०६३ सालमा आजैका दिन संसद् पुनःस्थापनासहित जनताले अधिकार पाएका थिए । यसैले यस दिनलाई लोकतन्त्र दिवसका रुपमा मनाउने गरिएको छ ।

 लोकतन्त्र स्थापना भएपछि त्यसै वर्ष जेठ ४ गते बसेको प्रतिनिधिसभाको बैठकले राजतन्त्र निलम्बनसहित महत्वपूर्ण ऐतिहासिक घोषणा गरेको थियो ।

यही घोषणाबमोजिम पहिलोपटक २०६४ चैत २८ गते पहिलो संविधानसभाको निर्वाचन भयो । तर पटक पटक म्याद थप भएपछि पहिलो संविधान सभाले जनताले चाहेको अग्रगामी संविधान नै दिन नसकेर तुहेर गयो । यस्तो अवस्था आयो की प्रधानन्याधिशले सरकार चलाएर चुनाव गराउनु पर्यो दोस्रो संविधान सभाको । संविधानसभाको पहिलो बैठकले २०६५ जेठ १५ गते नेपालमा २४० वर्षे राजतन्त्रको अन्त्य गर्दै सङ्घीय लोकतान्त्रिक गणतन्त्र घोषणा गर्यो ।

पहिलो संविधानसभाले संविधान बनाउन नसके पनि दोस्रो संविधानसभाबाट २०७२ असोज ३ गते संविधान जारी भई कार्यान्वयनको क्रममा छ । तर दलहरु टुट र फुटमा रमाउने, सरकार गिराउने खेलमा अभ्यस्त भएकाहरु पछि राजनीतिक दल विभाजमा कडा प्रावधान राखियो जसले स्थीरता दिन्थ्यो तर गत चैत्र ८ गते पुन राजनीति दल फुटाउन सहज हुने गरी अध्यादेश जारी भएपछि चौतर्फि सरकारविरुद्ध विरोधका स्वरहरु खनिएका छन् । यी घटनाक्रमले लोकतन्त्रको याद गर्ने फुर्सद समेत जनतालाई मिलिरहेको छैन । जुन उत्साह र उमग खुशी साथ दिवस मनाउन अग्रसर हुनुपर्ने हो त्यो जनतामा पाइदैन भने राजनीति दल र तीनका नेताप्रति जनताको तीव्र असन्तुष्टी रहेको पाइएको छ ।

Share.

Leave A Reply