नेपाली राजनीतिको तरङ्ग, रातारात जुट्यो समाजवादी र राजपा, एकतापछि नयाँ नाम ’जनता समाजवादी’

0

डोलराज रानाभाट, ११बैशाख । नेपाली राजनीतिमा एकाएक तरङ्हरु वढिरहेका छन् । गत बैशाख ८ गते बसेको मन्त्रिपरिषद बैठकले राजनीतिक दलसम्बन्धी विद्यमान कानुनमा संशोधन गर्न अध्यादेश ल्याएको थियो । मन्त्रिपरिषदको गत सोमबारको बैठकले संसदीय दल वा केन्द्रीय समिति (महाधिवेशनबाट निर्वा्चित वा दल गठन गर्दा) को ४० प्रतिशत सदस्य भए दल विभाजन गर्नसक्ने गरी अध्यादेश ल्याएसँगै यसले धेरै उथलपुथल ल्याएको छ ।

जसको राष्ट्रपति विद्यादेवी भण्डारीले सोही दिन जारी गरी राजपत्रमा पनि प्रकासशित भएको थियो । विद्यमान राजनीतिक दलसम्बन्धी कानुनअनुसार राजनीतिक दल विभाजन हुनलाई संसदीय दल र केन्द्रीय कमिटी दुवैमा ४० प्रतिशत संख्या पु¥याउनुपर्ने प्रावधान छ । तर यसलाई संशोधन गरी अध्यादेश जारी भएपछि अर्थात् कुनै एक समितिमा ४० प्रतिशत पुर्याए हुने भन्ने प्रावधान भएपछि वैशाख १० गते राति राष्ट्रिय जनता पार्टी (राजपा) र समाजवादी पार्टीबीच पार्टी एकता घोषणा भएको छ । एकता भएपछि नाम ’जनता समाजवादी’ राखिएको छ ।

एकीकृत पार्टीको झण्डा समाजवादी पार्टीले प्रयोग गर्दै आएको आयातकार आकारमा रातो र हरियो रङको बीचमा तारा हुने सहमति भएको छ भने चुनाव चिह्न राजपा नेपालले प्रयोग गर्दै आएको छाता हुनेछ । लामो समयदेखि एकीकरण प्रक्रियामा रहेको राजपा र समाजवादीबीच बुधबार राति सहमति भएको हो। पार्टीको वरीयता क्रममा महन्थ ठाकुरलाई पहिलो नम्बरमा राखिएको छ । समाजवादी पार्टी फुटाउन सात सांसदले तयारी गरेपछि त्यसलाई रोक्न हतारमा समाजवादी र राजपाले एकता गरेका हुन्।

अव यी दुई दलवीचको एकता भई वनेको पार्टीलाई आज निर्वाचन आयोगमा दर्ता गर्न सकेभने सात सांसदले पार्टी फुटाउन नसक्ने आकलन गरिएको छ । यदि सात सासदहरुको छुट्टै पार्टी दर्ता नभई जनता समाजवादी दर्ता भयो भने पुन अर्को पार्टी फुटाउनेले साँसदको सख्या वढाउनुपर्ने हुन्छ वा केन्द्रीय समितिमा ४० प्रतिशत वढाउनुपर्ने हुन्छ तर त्यो तत्काललाई सम्भव देखिएको छैन । एकताको चार बुँदे सहमतिपत्रमा राजपाबाट महन्थ ठाकुर, राजेन्द्र महतो, महेन्द्र राय यादव र शरतसिंह भण्डारीले हस्ताक्षर गरेका छन्। समाजवादी पार्टीबाट उपेन्द्र यादव, बाबुराम भट्टराई, अशोक राई र राजेन्द्र श्रेष्ठले हस्ताक्षर गर्नुभएको छ ।

राजपा अध्यक्ष मण्डलका सदस्यहरू अनिल झा र राजकिशोर यादवले भने एकता प्रक्रियामा उपस्थित नभएपनि एकताको पक्षमा रहेको दावी गरिएको छ । समाजवादी पार्टीमा १७ जना सांसद छन् भने राजपासँग १७ जना सांसद छन्।राजपाका १७ सांसदमा रेशम चौधरी निलम्बनमा छन्।

पार्टी फुटाउन सक्ने सजिलो प्रावधान भएपछि समाजवादी पार्टीकी उपाध्यक्ष एवम् सांसद रेणु यादवको नेतृत्वमा सो पार्टी फुटाएर नयाँ पार्टी बनाउन सात सांसदले निर्णय गरेका थिए यद्यपी यसको पूर्ण जानकारी भने आइसकेको छैन ।

यादवसहित सांसद महम्मद इस्तियाक राई, प्रदिप यादव, उमाशंकर अरगरीया, कलुदेवी विश्वकर्मा, सुरेन्द्र यादव र रेणुका गुरुङले सो निर्णय गरेको बताइएको छ । स्रोतका अनुसार असन्तुष्ट पक्षले बिहीबार नै नयाँ पार्टी गठन गर्ने निर्णय गरेका छन् । अव गठन नै भयो भने कुन चाहिँ पहिला निर्वाचन आयोगमा दर्ता होला भन्ने प्रश्नले सवैको ध्यान तानेको छ ।

यता समाजवादी पार्टीले हिजो आफ्नो केन्द्रीय सदस्य सांसद सुरेन्द्र यादवलाई सरकारको निर्देशनमा प्रहरीले अपहरण गरेको आरोप लगाएको थियो । आज विहान पनि बाबुराम भट्टराईका स्वकीय सचिव विश्वदिप पाण्डेले सामाजिक संजालमा लेख्नुभएको छ,“पूर्व आइजिपी शैलेन्द्र खनाल, महेश बस्नेत र व्यापारी किसान श्रेष्ठ ३ जना काठमाडौंबाट प्रमको निर्देशनमा सुरेन्द्र यादवलाई मन्त्री बनाउने हो हिँड्नुस काठमाडौ भन्दै दबाब दिँदै प्रमसँग फोनमा कुरा पनि गराएर सरकारी गाडीमा काठमाडौ ल्याइएको रहेछ । ओलीको गुण्डागर्दी शैली हदभन्दा बढी भो, अब ओलीलाई विदा गरौं ।” फेसवुकमा अर्को पनि  स्टाटस लेख्दै पाण्डेले पूर्व स्वास्थ्यराज्यमन्त्री तथा सांसद सुरेन्द्र यादव मेरियट होटलमा प्रधानमन्त्रीले  बनाएको घेरा तोडेर निस्कन सफल भएको भन्दै यादवलाई सुरक्षित स्थानमा राख्न उहाँलाई लिन म जाँदैछु । यादवजी पिएसओलाई पनि झुक्याएर निस्कन सफल हुनुभएको छ । भनी लेख्नुभएको छ ।

यता प्रमुख विपक्षी दल नेपाली काँग्रेसले केपी शर्मा ओली नेतृत्वको सरकार निरकुंशको बाटोमा लागेको निश्कर्ष निकालेको छ । मानव जातीको अस्तित्वलाई नै चुनौति दिइरहेको कोरोना भाइरस संक्रमण रोक्न पहल गर्नुपर्नेमा सरकार वेमौसमको बाजा बजाउन तर्फ उद्धत देखिएको भन्दै हिजो मात्रै अन्य विपक्षी सहित छलफल गरेको छ । अहिले कोरोनाका कारण सडकमा उत्रेर आन्दोलन गर्ने अवस्था नरहेको भन्दै तत्काल अध्यादेश फिर्ता लिन माग गरेको छ । साथै सामाजिक दुरी कायम गरी पाल टागेर भएपनि संसद वैठक राख्नुपर्नेमा नेपाली काँग्रेसका सह महामन्त्री डा प्रकाश शरण महतले जोड दिनुभएको छ । विजय एफएमको कार्यक्रम आजको सवालमा कुराकानी गर्दै उहाँले अहिले सडकमा नजाने तर जनतालाई विभिन्न माध्यमबाट सरकारको गलत कदमवारे सचेत गराउँदै अध्यादेश फिर्ता लिन दबाब दिने बताउनुभयो ।

धेरै छलफल र वहसबाट नेपाली राजनीतिमा देखिएको फुटको खेतीलाई बन्द गर्न दुवै तर्फ ४० प्रतिशत पुर्याउनुपर्ने, प्रधानमन्त्रीविरुद्ध दुई वर्ष सम्म अविश्वासको मत जायर गर्न नपाउने र यदि त्यसो गरे प्रधानमन्त्री को वन्ने पहिल्यै छनौट गरी वल्ला अघि वढ्नुपर्ने प्रावधान ल्याएर स्थीरता दिन खोजेको प्रावधाननै भत्काउने प्रधानमन्त्री ओलीको कदमको पार्टि मात्रै नभई जनता, बौद्धिक वर्ग सवैले विरोध गर्न उहाँको आह्वान छ । साथै राष्ट्रपतिको भूमिका माथि पनि काँग्रेसले प्रश्न उब्जाएको छ । डा महत भन्नुहुन्छ,“ के हतारो हो राष्ट्रपतिलाई । कम्तिमा केही दिन होल्ड गरी अन्य सँग पनि राय सल्लाह लिनुपर्दथ्यो । स्वयम सत्तारुढ दलको सहमति थिएन । मन्त्रीहरुकै असहमति थियो ।”

सुन्नुहोस् कुराकानी

दुई अध्यादेश जारीले सरकार निरकुंशको बाटोमा गएको निश्चित भएको छ । हामी चार विपक्षी दल यही निष्कर्शमा पुगेका छौँ । यो फिर्ता लिएर कोरोना भाइरसको नियन्त्रण र जनताको राहतका लागि सरकारले काम गर्नुपर्छ ः काँग्रेस महामन्त्री डा प्रकाश शरण महत

Posted by 101.6 Vijaya FM on Wednesday, April 22, 2020

Share.

Leave A Reply