गैडाकोट ४ बाट एक महिला वेपत्ता, खोजी गरिदिन आग्रह (कृपया शेयर गरिदिनुहोला)

0

डोलराज रानाभाट,११ बैशाख । नवलपुर जिल्ला गैडाकोट नगरपालिका वडानम्वर ४ बाट एक महिला वेपत्ता हुनुभएको छ । सहज अस्पताल नजिक घर भएकी २९ वर्षीय देवी लुङ्गेली मगर वेपत्ता हुनुभएको हो । लकडाउनको समय घरमै रहेपनि हिजो दिउसो १२ देखि १ बजेतिरको समय घरवाहिर निस्केपछि अवेर रातिपनि नफर्किएको परिवारले बताएका छन् ।

घरवाट निस्केर कहाँ जानु भयो भन्ने थाहा नभएको र अवेर रातिसम्म पनि नफर्किएपछि गैडाकोट लगायत आफन्तकोमा खोजी गर्दा नभेटेपछि प्रहरीमा खवर गरिएको छ । गैडाकोट ४ सहज अस्पताल नजिक घर रहेको उहाँको मानसिक अवस्थामा केही कमजोरी रहेको र वाटो नै भुल्ने समस्याले हराउनुभएको आकलन गरिएको छ ।

कपाल काटेको, शरिर मोटो रहेको अवस्थामा उहाँ हुनुभएको परिवारले बताएका छन् । अहिले वडाअध्यक्ष कृष्णप्रसाद न्यौपानेले पनि प्रहरीलाई खवर गरी खोजी गर्न आग्रह सहित आफूले विभिन्न पक्षसँग कुरा गरिरहेको बताउनुभयो । यदि कसैले भेट्नु भयो भने परिवारको फोन नम्वर ९८२७४७०५१२, वडाअध्यक्ष को ९८५५०५९४९६ वा इलाका प्रहरी कार्यालयको सम्पर्क फोन ०७८ ५०११९९ मा सम्पर्क गरिदिन आग्रह गरिएको छ ।

Share.

Leave A Reply