आज मातातीर्थ औंसी, आमाको सम्मान गरी श्रद्धापूर्वक मनाइँदै

0

११ बैशाख । आज मातातीर्थ औंसी । आफूलाई जन्मदिने आमाको सम्मान गरी श्रद्धापूर्वक यो पर्व मनाइँदै छ । तर विश्व महामारीमा फैलिरहेको कोभिड १९ का कारण वाहिर भिडभाड सहित मन्दिरमा गई पुजाआज नगर्न सरकारले सवैमा आग्रह गरेको छ ।

यस अवसरमा काठमाडौको चन्द्रागिरि पर्वत फेदीमा रहेको थानकोटस्थित मातातीर्थ कुण्डमा मेला नै लाग्छ तर यस पटक भने भीड नगर्न आग्रह गरिएको हो । वैशाख कृष्ण्पक्षको औसी तिथिलाई मातातीर्थ औसी तथा मातृसम्मान दिवसको रुपमा मनाउने चलन छ । यस पर्वमा जन्मदिने आमाको सम्मान गरी फलफूल तथा मिष्ठान्न भोजन गराई वस्त्र आभूषण प्रदान गरी प्रसन्न तुल्याएर सन्तानले आमासँग आशीर्वाद लिने चलन रहेको छ ।

आमाको आशीर्वादले गर्दा सन्तानले यस संसारमा सुख,सान्ती, समृद्धि प्राप्त गर्ने जनविश्वास छ । दिवंगत आमाको सम्झना गरी यस दिन मातातीर्थमा गई सन्तानले स्नान सहित श्राद्ध गर्ने र फलफूल तथा खाद्यान्न दान गर्ने चलन छ ।

मातृवियोगबाट विह्वल भएको व्यक्तिलाई भगवान विष्णुले मातातीर्थ कुण्डमा स्नान गर्न लगाई दिवंगत आमाको दर्शन गराएको विश्वासमा मातातीर्थमा मेला लाग्ने गरेको कथन छ । यस दिन मातातीर्थ कुण्डमा स्नान गरी दिवंगत आमाको नाममा तर्पण दिनुका साथै पिण्डदान गरी श्राद्ध गर्ने गरिन्छ ।

Share.

Leave A Reply