बुलिङटारमा पनि आरडिटी परीक्षण जारी, हालसम्म सवैको नतिजा नेगेटिभ

0


मनप्रसाद भाट, बुलिङटार, १० बैशाख । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको नवलपुरको बुलिङ्टारमा पनि परीक्षण जारी रहेको छ । र्यापिड डाइग्नोष्टि टेष्ट आरडिटी कीट मार्फत गाउँपालिकामा विदेश र तराईबाट आएका व्यक्तिहरुमा उक्त विधिबाट परीक्षण गरिएको हो । हिजोबाट परीक्षण गर्न सुरु गरिएको हो ।

हिजो बुलिङटार गाउँपालिका ३, ५ र ६ नम्वरमा कुल १४५ जनाको परीक्षण गरिएको थियो भने आज वडानम्वर ४ को गोरखकाली मावि केन्द्रमा ९४ जनाको परीक्षण गरिएको छ । सवैको नतिजा नेगेटिभ आएको स्वास्थ्य शाखा प्रमुख अशोक कुमार श्रेष्ठले बताउनुभयो । भोलि वडानम्वर १ र वडानम्वर २ मा परीक्षण हुने समेत उहाँले बताउनुभयो ।

Share.

Leave A Reply